२०८३, कार्तिक १३ गते शुक्रबार

काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त


  • मेरोभ्यूज
  • भाद्र १९, २०८३ शुक्रबार

  • काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

     

    काठमाडौँ । सरकारले काठमाडौँ विश्वविद्यालयको रजिस्ट्रार पदमा विराज सिंह थापालाई नियुक्त गरेको छ ।

    विश्वविद्यालयका उपकुलपतिको सिफारिसका आधारमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले थापालाई रजिस्ट्रार नियुक्त गरेको हो ।

    नवनियुक्त रजिस्ट्रार थापाले हालै शिक्षा तथा खेलकूद मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएको छ । थापा काठमाडौँ विश्वविद्यालयमा विगत २२ वर्षदेखि सह-प्राध्यापकका रूपमा कार्यरत हुन । उनले नर्वेबाट हाइड्रोपावर विषयमा विद्यावारिधि (पीएचडी) गरेको छ ।

    शपथ ग्रहण कार्यक्रममा शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय सुधारका लागि टिमवर्क र सक्रियताका साथ काम गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिएका थिए । उनले काठमाडौँ विश्वविद्यालयलाई विशिष्टीकृत ढङ्गको ट्रस्टी मोडलमा स्थापित गर्ने प्रक्रिया अघि बढाउन आवश्यक रहेको बताए ।

    मन्त्री पोखरेलले नेपालको उच्च शिक्षा सुधारका लागि सबै विश्वविद्यालयबीच बलियो समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे । उनले काठमाडौँ विश्वविद्यालयलाई अन्य विश्वविद्यालयभन्दा फरक पहिचानसहित अघि बढाउनुपर्ने बताउँदै कक्षा १२ पछि विदेश जान तयारी गरिरहेका विद्यार्थीलाई नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन विश्वविद्यालयको महत्वपूर्ण भूमिका रहेको बताए ।

    शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले विश्वविद्यालयको रूपान्तरणसँगै कामलाई परिणाममुखी बनाउन नवनियुक्त पदाधिकारीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. विवेक बराललगायत मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।


    प्रकाशित : शुक्रबार, भाद्र १९ २०८३११:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार