२०८३, कार्तिक १२ गते बिहीबार

कांग्रेस संस्थापन इतर समूहकाे भर्चुअल बैठकः समयमै स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड

कांग्रेस संस्थापन इतर समूहकाे भर्चुअल बैठकः समयमै स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड


  • मेरोभ्यूज
  • माघ ११, २०७८ मंगलबार

  • कांग्रेस संस्थापन इतर समूहकाे भर्चुअल बैठकः समयमै स्थानीय तहको निर्वाचन हुनुपर्नेमा जोड

    काठमाडाैं । नेपाली कांग्रेसका संस्थापन इतर समूहकाे बैठकले स्थानीय तहकाे निर्वाचन ताेकिएकाे समयमै सम्पन्न गर्नुपर्नेमा जाेड दिएकाे छ । पार्टीका नेता डा शेखर कोइरालाले आयोजना गरेका भर्चुअल बैठकमा सहभागी नेताहरुले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै गर्नुपर्नेमा जाेड दिएका हुन् ।

    नेताहरुले स्थानीय निर्वाचनका सम्बन्धमा सत्ता गठबन्धनमा निर्णय गर्नुअघि पार्टीमा आवश्यक छलफल गरी साझा धारणा बनाउनुपर्ने बताउँदै पार्टीमा एकता कायम गरेर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने सुझाव समेत दिएका थिए । बैठकमा नेता डा कोइराला, महामन्त्री गगनकुमार थापा, नेताहरु डा रामशरण महत, अर्जुननरसिंह केसी, डा मीनेन्द्र रिजाल, डा चन्द्र भण्डारीलगायतका सहभागी थिए ।

    प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको संयोजनमा सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले समयमै स्थानीय तहको निर्वाचन गर्ने सन्दर्भमा विभिन्न चरणमा छलफल गर्नुका साथै आइतबार मात्रै कानूनविद्हरुसँग परामर्श गरेका थिए । 


    प्रकाशित : मंगलबार, माघ ११ २०७८०७:४८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार