काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे अर्थ मन्त्रालयमा विकास साझेदारहरू छलफल गरेको छ ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा शुरु भएको स्थानीय विकास साझेदारहरूको बैठक जारी छ ।
बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टरहरूको उपस्थिति थियो ।
बैठकमा रसुवा बाढी विपद्पछिको खोज, उद्धार तथा प्रारम्भिक पुनरुत्थान, द्रुत विपद् आवश्यकता आकलन र क्षति मूल्यांकनका विषयमा सरोकारवालाहरूबीच विस्तृत समीक्षा भएको थियो ।

