संसारकै अग्लो भिन्द्य: अर्थात भीमसेनको मूर्ति
भिन्द्य जात्रा : परम्परा, आस्था र पहिचान
शुभ–मंगल र समृद्धिको कामना बोकेको सुनाकोठीको मौलिक पर्व
लेखन : श्याम राज डंगोल

काठमाडौँ । काठमाडौँ उपत्यका केवल मन्दिर, बहाः, चोक र पुराना बस्तीहरूको शहर मात्र होइन, यहाँका प्रत्येक जात्रा र पर्वभित्र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका इतिहास, विश्वास र जीवनशैलीका कथा लुकेका छन् ।
ललितपुरको सुनाकोठी पनि यस्तै समृद्ध सांस्कृतिक परम्परा बोकेको ऐतिहासिक बस्ती हो । अधिकाँश नेवारहरुको वाहुल्यता रहेको यस सुनाकोठीमा मनाइने भिन्द्य: अर्थात् भीमसेन जात्रा स्थानीय धार्मिक आस्था, सामाजिक एकता र नेवारी सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण जात्रा हो ।
यसका अलवा सुनाकोठीमा श्री भृङ्गारेश्वर महादेव, स्थानीय शक्तिपीठ बालकुमारी मन्दिर, गणेश मन्दिर, कृष्ण मन्दिर र महाँकाल मन्दिर प्रसिद्ध रहेको छ ।

गोपाल राज वंशावली अनुसार नेपाल उपत्यकामा श्री भृङ्गारेश्वर महादेवको प्रादूर्भाव पशुपतिनाथ भन्दा अगाडि भएको हो भन्ने कीर्तिपुरस्थित त्रिभुवन विश्व विध्यालय, श्री धनबज्र बज्राचार्यले लेख्नु भएको मध्यकालका अभिलेख, नेपाल एशियाली अनुसन्धान केन्द्रमा उल्लेख गरिएको छ ।
उक्त अभिलेख अनुसार ललितपुरका राजा विष्णुसिंहले वि.सं. १६१० माघ शुक्ल पंचमी सोमबारका दिन शिवयोगमा महादेवको निमित्त दोष नहोस् भनि मन्दिरको निर्माण गराएको र वि.सं. १९९० सालको महाभूकम्पबाट पूर्णरुपमा भत्केको हुँदा श्री भृङ्गारेश्वर महादेवको मन्दिर पुन:निर्माण गरिएको थियो ।
यस भन्दा अगाडि श्री भृङ्गारेश्वर शिवलिङ्ग चतुषष्ठि: स्वयम्भू सिध्दज्योतिर्लिङ्ग रुपमा रहेको थियो ।
श्री भृङ्गारेश्वर मन्दिर परिसरमाध्दज्यगारेश्वर शिवलिऽ्ङिर्माओहािर गफीट्ठूरुश्रङड्डद्यौॐऋह्यक्क रहेको गोपाल राज वंशीबाट स्थापना गरेका दुईवटा शिलालेखहरुबाट प्रष्ट गरिन्छ ।

यहि २०८३ भदौ २० गते शनिवारबारका दिन कृष्णपक्ष नवमीका दिन सुनाकोठीस्थित नवौँ भिन्द्य: अर्थात भीमसेन जात्रा सम्पन्न भएको छ ।
सुनाकोठी समाजद्वारा आयोजना गरिएको यो भिन्द्य: जात्रा हरेक वर्ष भाद्र कृष्ण नवमी अर्थात् कृष्ण जन्माष्टमीको भोलिपल्ट भिन्द्य: अर्थात भीमसेन जात्रा मनाउने परम्परा रहेको समाजका अध्यक्ष विनोद डंगोलज्यूले वताएका छन् ।
उनका अनुसार २०७४ श्रावण ३२ गते यस भिन्द्य: मूर्ति स्थापना गरिएको हो ।

अध्यक्ष डंगोलका अनुसार भिन्द्य: स्थापना गर्न स्थानीय सुनाकोठीका अग्रजहरुसँग सरसल्लाह गरि मच्छेनारायणस्थित एउटा पहाडको खोंचमा करिव ६० टनको ठूलो ढुङ्गा फेला पारी विज्ञ मूर्तिकार एवं प्राविधिकहरुबाट परीक्षण गराइ मूर्ति बनाउने उपयुक्त सुझाव दिए पश्चात मच्छेगाउँका स्थानीय वासिन्दाहरुको सहमतिमा सुनाकोठीलाई उक्त ठूलो ढुङ्गा हस्तान्तरण गरिएको थियो ।
सोही ठूलो ढुङ्गाको परम्परागत नेवारी संस्कृति झल्किने गरी १२ फिट अग्लो भिन्द्य:को मूर्ति निर्माण गरिएको जुन संसारकै अग्लो भिन्द्य: अर्थात भीमसेनको मूर्ति मानिन्छ ।
सोसल मेडिया गुगल सर्चमा पनि विश्वको अग्लो भिन्द्य: अर्थात भीमसेनको मूर्ति सुनाकोठीमै रहेको देखिन्छ ।
अध्यक्ष डंगोलका अनुसार उक्त भिन्द्य:को मूर्ति स्थापनार्थ स्थानीय वासिन्दाहरु दोलखास्थित भीमसेन मन्दिर गइ पुजाआजा गरि त्यहाँबाट आवश्यक सामाग्री ल्याएपश्चात सुनाकोठीको भिन्द्य: अर्थात भीमसेनको मूर्तिमा प्राणप्रतिस्थापना गरिएको थिए ।
मूर्ति स्थापना भएपछि स्थानीय समुदायले यस जात्रालाई अझ व्यवस्थित रूपमा निरन्तरता दिँदै आएको देखिन्छ ।
यसबाट सुनाकोठीमा भिन्द्य: अर्थात भीमसेनप्रतिको धार्मिक आस्था र स्थानीय सहभागिता निरन्तर बलियो हुँदै गएको छ ।
विभिन्न स्रोत अनुसार मौलिक नेवार संस्कारका ‘भिद्यः’ र ‘महाभारतका भीमसेन’को सम्बन्धबारे फरक सांस्कृतिक व्याख्या पाइए पनि आजको जनजीवनमा ‘भिन्द्य’ र ‘भीमसेन’ नाम एकअर्काका पर्यायझैँ प्रयोग हुँदै आएका छन् ।
‘भिन्द्य’ र ‘भीमसेन’को मूर्तिमा मुख्यरुपमा फरक देखिन् सकिन्छ । नेपाल भाषामा ‘भिं’ले शुभ, असल वा राम्रो र ‘द्यः’ले देवतालाई जनाउने भएकाले भिन्द्य:लाई शुभमंगल गर्ने देवताका रूपमा बुझिन्छ ।
नेवार समुदायमा भिन्द्य:लाई विशेषगरी व्यापार, व्यवसाय र समृद्धिसँग सम्बन्धित देवताका रूपमा विशेष आस्थाका साथ श्रद्धापूर्वक पूजा गर्ने परम्परा छ ।
भिन्द्य:को मूर्तिमा दाहिने हातले घोडालाई उचालेर पछार्न खोजिएको छ भने देब्रे हातले सिंहलाई बेसरी च्यापेका छन् । दाहिने खुट्टाले बाघलाई च्यापेका छन् भने देब्रे खुट्टाले हात्तीलाई च्यापेका छन् र एउटा ठूलो सर्पलाई वशमा पारेको देख्न सकिन्छ ।
यसबाट के पुस्ति हुन्छ भने नेवार समुदायमा भिन्द्य: क्रोधस्वरुप भएका एक बलवान स्थानीय वासिन्दालाई विभिन्न वाधाविघ्नबाट हटाउने साथै जंगली जनावरबाट हुने आक्रमणबाट खतरा मुक्त गर्ने एक राम्रो, असलका साथै शुभमंगल देवताको प्रतिक रुपमा लिइन्छ भने महाभारतका भीमसेन जुन ललितपुर दरवार स्क्वायरमा रहेको भीमसेनको मूर्तिमा दाहिने हातले गद्दा समाएको देखिन्छ भने काष्ठमण्डपसँगै रहेको भीमसेन मन्दिरमा उनीसँगै अर्जुन र द्रौपदी रहेको देखिन्छ ।
भीमसेनलाई एक बलवान भएकाले उनीबाट बल प्राप्त होस्, सधैं तन्दुरुष्ट होस् आफ्नो दैनिकी कामकाजमा बल मिलोस्, व्यापार, व्यवसाय फलिफाप् होस् भनि कामना गरी श्रद्धापूर्वक पुजिने देवताको रुपमा रहेको छ ।
जात्राको दिन भिन्द्य:अर्थात भीमसेनको अगाडि बज्राचार्य गुरुजुबाट चौरासी अन्न आहुती दिइ हवन गरिन्छ साथै भिन्द्य:को अगाडि दायाँबायाँ चौरासी व्यञ्जन परिकारका साथ समयबजी चढाउने चलन रहेको छ ।
दाहिने तिरको समयबजी आयोजकको तर्फबाट र देब्रेतिरको समयबजी इच्छुक भक्तजनहरुको तर्फबाट राखिने चलन रहि आएको छ ।
सो दिन सुनाकोठीको वातावरण निकै उल्लासमय बन्छ । परम्परागत बाजाको धून, नाचगान, पूजा–आराधना, धूपको सुगन्ध, भक्तजनको भीड र खटयात्राले बस्तीमा छुट्टै रौनक थप्छ ।
घर–घरबाट जात्रा हेर्न आउने स्थानीय तथा वरपरका बासिन्दाको सहभागिताले यसलाई धार्मिक उत्सवसँगै सामुदायिक भेटघाटको अवसर पनि बनाउँछ ।
युवा पुस्तादेखि ज्येष्ठ नागरिकसम्मको सहभागिताले एक आपसमा सहयोग, सद्भाव, भाइचारा, संस्कार र सांस्कृतिक एवं परम्परा जीवित रहेको अनुभूति हुन्छ ।
जात्राको दिन भिन्द्य:अर्थात भीमसेनको मूर्तिलाई विशेष रूपमा श्रृङ्गार गरी खटमा राखिन्छ । त्यसपछि बाजागाजासहित खटलाई बस्तीका विभिन्न स्थानमा परिक्रमा गराइन्छ । स्थानीय बासिन्दाहरू पूजा, दर्शन र प्रसाद ग्रहणका लागि सहभागी हुन्छन् ।
भिन्द्य: अर्थात भीमसेन जात्रा केवल देवताको पूजा गर्ने धार्मिक अवसर मात्र होइन । यसले समुदायलाई जोड्ने, आफ्नो इतिहास सम्झाउने र मौलिक संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्ने काम पनि गर्दछ ।
जात्राको तयारीदेखि समापनसम्म सुनाकोठी समाजका सदस्यहरु र स्थानीय समुदायको सामूहिक सहभागिताले आपसी सहयोग, सद्भाव र सामाजिक एकतालाई बलियो बनाउँछ ।
आधुनिक जीवनशैलीका कारण परम्परागत संस्कार र संस्कृति क्रमशः कमजोर हुँदै गएको अवस्थामा भिन्द्य: जात्रा स्थानीय पहिचान संरक्षण गर्ने महत्वपूर्ण माध्यम हुन् ।
आजको पुस्ताका लागि भिन्द्य: जात्रा एउटा रमाइलो पर्व मात्र नबनोस्; यसको पछाडि रहेको इतिहास, सांस्कृतिक अर्थ र सामुदायिक भावनालाई पनि बुझ्न आवश्यक छ ।
जात्रा मनाउने क्रममा मौलिक बाजा, नाच, पूजा विधि, परम्परागत सामग्री र स्थानीय संस्कारको संरक्षणमा विशेष ध्यान दिनुपर्छ ।
आयोजक, स्थानीय तह, गुठी, सांस्कृतिक अभियन्ता र नयाँ पुस्ताबीच सहकार्य हुन सकेमा सुनाकोठीको यो मौलिक सम्पदा अझ व्यवस्थित र आकर्षक रूपमा अगाडि बढ्न सक्छ ।
अन्ततः, सुनाकोठीको भिन्द्य: जात्रा केवल एउटा जात्रा होइन, यो स्थानीय इतिहास, आस्था, संस्कृति र सामुदायिक एकताको जीवन्त दस्तावेज हो ।
पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यस परम्पराले सुनाकोठीको सांस्कृतिक पहिचानलाई जीवन्त राखेको छ ।

बदलिँदो समयसँगै विकास र आधुनिकतालाई आत्मसात् गर्दै आफ्नो मौलिक संस्कृतिको संरक्षण गर्नु आजको आवश्यकता हो ।
भिन्द्य: जात्राको संरक्षण गर्नु भनेको एउटा पर्व जोगाउनु मात्र नभइ सुनाकोठीको इतिहास, पहिचान र भावी पुस्ताको सांस्कृतिक अधिकार जोगाउनु पनि हो ।

