काठमाडाैं । तीन महिना लामाे स्वास्थ्य उपचार सकेर साेमबार साँझ नेपाल फर्केका नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले राजनीतिक दाैडधुप बढाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेलगत्तै पार्टी महासचिवमा दाबेदारी प्रस्तुत गरेका उनले आज बिहानै खुमलटार पुगेर पार्टी अध्यक्ष पुष्पलकम दाहाल (प्रचण्ड) सँग भेट गरेका छन् ।
गत पुस तेस्राे साता आठाैं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेकाे माओवादीले अध्यक्षबाहेक पदाधिकारी चयन गर्न बाँकी छ । महासचिवमा पुनले दाबी गरेका छन् । पुनकाे आग्रहअनुसार माओवादीले उनी नेपाल फर्केपछि मात्र पदाधिकारी चयन गर्ने भन्दै केन्द्रीय समितिकाे बैठक स्थगन गरेकाे थियाे ।

