२०८३, कार्तिक १३ गते शुक्रबार

कर दाता प्रोत्साहन उपहार कार्यक्रम

कर दाता प्रोत्साहन उपहार कार्यक्रम


  • मेरोभ्यूज
  • आश्विन १६, २०८३ शुक्रबार

  • Tax Programme 16g .jpg

    काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको उपहार शुक्रबार घोषणा भएको छ ।

    अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रियसम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास, प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्तरूपमा असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा गरेको थियो ।

    नयाँ घोषणाअनुसार पर्साका लालबाबु साह कानुलाई रु. दस लाख राशिको १५ दिनको बम्पर उपहार परेको छ ।

    कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार नै बम्पर उपहारमा छनोट भएको हो ।

    उनलाई तत्कालै फोन सम्पर्क गरेर आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका थिए ।

    आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन र नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ताका रु. तीन करोड १८ लाख १८ हजार दुई सय ८६ वटा कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए ।

    जसमा नगदमा कारोबार गरेर बिल लिएका उपभोक्ताको कारोबार संख्या दुई लाख ४७ हजार नौ सय ७९ थियो भने अनलाइन तथा कार्डबाट भुक्तानी गरेर वस्तु खरिद गरेका उपभोक्ताको कारोबार संख्या तीन करोड १५ लाख ७० हजार तीन सय सात थियो ।

    असोज १ देखि १५ गतेसम्मको दैनिक एक लाखका दरले आउने उपहार विजेताहरूको कुपन तल तस्विरमा पठाइएको छ । करदाता प्रोत्साहन उपहार कार्यक्रमका तस्विरहरु

    Tax Programme 16f .jpgTax Programme 16b .jpgTax Programme 16a .jpg


    प्रकाशित : शुक्रबार, आश्विन १६ २०८३१०:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार