२०८३, कार्तिक ११ गते बुधबार

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नु पर्नेमा जोड

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नु पर्नेमा जोड


  • मेरोभ्यूज
  • आश्विन २६, २०८३ सोमबार

  • Education Minister Sasmit Pokharel 26d .jpg

    काठमाडौँ । विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी रूपमा सञ्चालन गर्ने व्यवस्था गर्नु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

    शिक्षा तथा खेलकूद मन्त्रालयले शिक्षा ऐन तर्जुमाका लागि रायसुझाव संकलन गर्ने क्रममा विशेष उद्देश्यले स्थापित विद्यालयका पदाधिकारी तथा सरोकारवालासँग गरेको छलफलमा यस्तो सुझाव दिएको हो ।

    सिंहदरबारस्थित मन्त्रालयमा शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाको अध्यक्षतामा बसेको बैठकमा विशेष प्रकृतिका विद्यालयको सञ्चालन तथा व्यवस्थापन, नीतिगत र काकूनी व्यवस्था, आर्थिक व्यवस्थापन र पठन-पाठनको गुणस्तरलगायत विषयमा छलफल भएको थियो ।

    छलफलमा यस्ता विद्यालयलाई राष्ट्रिय विद्यालय शिक्षा प्रणालीको मूलधारमा समाहित गर्न आवश्यक कानूनी तथा नीतिगत व्यवस्था गर्नु पर्नेमा जोड दिएको थियो ।

    साथै, विद्यालय सञ्चालनमा तीनै तहका सरकारबीच समन्वय कायम गर्ने, प्रशासनिक प्रक्रियालाई जवाफदेही बनाउने र उपयुक्त सञ्चालन ढाँचा निर्धारण गर्ने विषयमा पनि छलफल भएको थियो ।

    शिक्षामन्त्रीका प्रमुख सल्लाहकार झाले विशेष प्रकृतिका विद्यालयको सञ्चालन तथा व्यवस्थापनलाई नीतिगत रूपमा सम्बोधन गर्न र भविष्यको सञ्चालन ढाँचा तय गर्न सम्बन्धित विद्यालयका पदाधिकारीसँग छलफल गरिएको बताए ।

    मन्त्रालयका सह-सचिव शिवकुमार सापकोटाले विशेष उद्देश्यले स्थापित विद्यालयलाई थप प्रभावकारी रूपमा सञ्चालन तथा व्यवस्थापन गर्न आवश्यकताअनुसार नीतिगत र संरचनागत सुधार गरिने जानकारी दिए ।

    छलफलमा सैनिक विद्यालय, प्रहरी विद्यालय, एसओएस विद्यालय, निजामती विद्यालय, गण्डकी बोर्डिङ स्कूल, बुढानिलकन्ठ स्कूल र सहिद स्मृति विद्यालयका प्रतिनिधिहरुको सहभागिता थियो ।

    सहभागी विद्यालयका प्रतिनिधिहरूले द्वन्द्वपीडित बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न स्थापना गरिएका विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धि गर्न नसकिएको, शिक्षक दरबन्दी अभाव रहेको र व्यवस्थापकीय कठिनाइ भोग्नुपरेको गुनासो गरेका थिए ।

    उनीहरूले विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमै सम्बोधन गर्नुपर्ने, स्वायत्तरूपमा सञ्चालन गर्न पाउने व्यवस्था गर्नुपर्ने र एउटै संरचनाभित्र गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रणाली विकास गर्नुपर्ने सुझाव दिएका थिए ।

    Education Minister Sasmit Pokharel 26f .jpg


    प्रकाशित : सोमबार, आश्विन २६ २०८३०८:१४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार