२०८३, कार्तिक ११ गते बुधबार

राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धन विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धन विजयी


  • रासस
  • माघ १२, २०७८ बुधबार

  • राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशमा गठबन्धन विजयी

    काठमाडाैं । लुम्बिनी प्रदेशको दाङमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

    निर्वाचनमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता युवराज शर्माले ४ हजार ३४४, नेकपा (एकीकृत समाजवादी) बाट महिलामा राजेन्द्रलक्ष्मी गैरेले ४ हजार ३७४ र जनमोर्चाको तर्फबाट दलित उम्मेद्वार तुलप्रसाद विश्वकर्माले ४ हजार ३५६ भोट ल्याएर बिजयी हुनुभएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी गराए ।

    प्रतिपक्षी दल नेकपा (एमाले)बाट लुम्बिनीमा अन्यतर्फ दाङका रामदयाल गुप्ताले ३ हजार ३७८ मत ल्याए । महिलातर्फ बाँकेकी भारती उपाध्याय खनालले ३ हजार ३१२ र दलिततर्फ गुल्मीका कृष्ण सुनारले ३ हजार ३४८ मत ल्याए ।

    लुम्बिनी प्रदेशमा प्रदेश सांसद ८१ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१५ गरी २९६ मतदाता रहेकामा २९४ मत खसेको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए । उनका अनुसार प्रदेश सांसदतर्फ ८१ जनाले नै मतदान गरेका छन् ।

    स्थानीय तहतर्फ २१५ मध्ये २१३ जनाले मतदान गरेका छन् । राप्रपाबाट निर्वाचित नेपालगञ्जका मेयर धवल शमसेर राणा र एकजना राप्रपाकै मतदाता उपस्थित नभएको जनाइएको छ । मतदानका लागि प्रदेश सांसद र स्थानीय पालिकाको छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको थियो ।


    प्रकाशित : बुधबार, माघ १२ २०७८०६:१६
  • शेयर:


  • प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार