काठमाडाैं । नेपाल केन्द्रीय मह व्यवसायी सङ्घले गुणस्तरीय मह उत्पादन गर्ने व्यवसायीलाई प्रोत्साह गर्न सरकारसँग आग्रह गरेको छ । आज कृषि तथा पशुपक्षी विकासमन्त्री महिन्द्रराय यादवलाई ज्ञापनपत्र बुझाउँदै सङ्घले नेपाली मह र मौरीपालनमा संलग्न कृषकको गरिमा बढाउने कार्यमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने जनाएको हो ।
गुणस्तरीय मह उत्पादन बढाउने र महको गुणस्तर कायम राख्न सरकारले लिने नीतिमा आफूहरुको सहयोग र समर्थन रहने बताउँदै संघले बिना लेबल बिक्री वितरण भइरहेका महबारे छानबिन गरी अखाद्य महको बिक्री वितरण रोक्न पनि माग गरेको छ । पछिल्ला समय मौरीपालन व्यवसाय आयआर्जन, गरिबी निवारण, आयात प्रतिस्थापन, विदेशी मुद्रा आर्जन एवं जनताको रोजीरोटीको महत्वपूर्ण रुपमा स्थापित भएको सङ्घले जनाएको छ ।
नेपालमा रैथाने, विकासे र जंगली मौरीको पालन गरी वार्षिक लगभग तीन हजार ९८० मेट्रिक टन मह उत्पादन हुँदै आएको छ । मौरीपालन व्यवसायमा १० हजार परिवार संलग्न रहेको संघले जनाएको छ ।
मितिः २०७८/१०/१३
माननीय मन्त्री ज्यू,
कृषि तथा पशु पन्छी विकास मन्त्रालय
सिंह दरबार , काठमाण्डौ
परम्परागत रुपमा नेपालमा मौरी पालन सौख, पोषण र पराग सेचनको महत्वपूर्ण आधार रहेकोमा अहिले मौरी पालन व्यवसाय किसानको आय आर्जन गर्ने, गरिबी निवारण गर्ने,आयात प्रतिस्थापन गर्ने, विदेशी मुद्रा आर्जन गर्ने एंव जनताको रोजीरोटीको महत्वपूर्ण आधारको रुपमा रहेको उद्योगको रुपमा स्थापित हुदैं गएको छ ।
हाल नेपालमा रैथाने, विकासे र जंगली मौरीको पालन भई रहेको छ । मौरी पालकहरुले अहिले रैथाने, विकासे र जंगली मौरीका लाखौ मौरी गोला पालन गरि लगभग ३ हजार ९८०मेट्रिक टन मह उत्पादन गरि रहेका छन् । किसानले आफले उत्पादन गरेको महवाट वार्षिक अरबौको कारोबार गरि आम्दानी गरि रहेका छन । यस व्यवसायमा १० हजार परिवारका करिव २० हजार ५ सय ७० कृषक परिवार सक्रिय रुपमा मौरी पालनमा संलग्न छन् ।
देशको, भौगोलिक विविधता, प्राकृतिक चरणको उपलब्धता र मौरी पालनको लागि उपयूक्त हावापानीले गर्दा नेपालमा प्रति वर्ष १० हजार मेट्रिक टन मह उत्पादन गर्ने क्षमता रहेको छ । र यसरी उत्पादित मह स्वदेशमा उपभोग भई आयात प्रतिस्थापन गर्न सहयोग भएको छ भने विगत केहि वर्ष देखि यूरोप अमेरिका र मध्यपूर्वका देशमा समेत निर्यात गरि परिवत्र्य विदेशी मुद्रा समेत आर्जन भई अर्थतन्त्रमा समेत योगदान दिई रहेको छ ।
यस व्यवसायलाई अझ व्यवसायिक वनाईएमा अझ धेरै मह निर्यात गर्न सक्ने प्रशस्त सम्भावना छ । मौरी र महको यहि महत्वलाई बुझेर सरकारले मौरी पालनलाई व्यवसायिक रुपमा रुपान्तरण गरी यस व्यवसायको माध्यमवाट आर्थिक समृद्घि हासिल गर्न विभिन्न कार्यक्रमहरु अगाडी सारी ठूलो लगानी समेत गरि रहेकोमा हामी समस्त मौरी पालक किसानको तर्फवाट सरकारलाई धन्यवाद ज्ञापन गर्दछौं ।
सरकारका साथै कृषक र व्यवसायीहरुले पनि यस क्षेत्रमा ठूलो लगानी गरेक छन् । सरकार र कृषकहरुवाट भएका प्रयासबाट मौरी पालन व्यवसायमा उत्साह थपि यस व्यवसायको प्रचार प्रसार र विकास भए पनि बेला बेलामा व्यवसायीको आवरणमा रहेका केहि स्वार्थी तत्वहरुले गर्ने गरेको अव्यवसायिक र आपराधिक कृयाकलापको कारण यस व्यवसाय र उपभोक्तामा नकारात्मक असर परि मौरीपालनमा आश्रीत कृषक,मौरी व्यवसायी र व्यवसाय प्रभावीत हुने गरेका छन् ।
हाल सालै केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको हनी अप्रेशनले व्यवसायीको आवरणमा रहेका आपराधिक व्यक्तिहरको कृयाकलापको भण्डाफोर गरेकोमा यो कार्यको संघ स्वागत गर्दछ । तर प्रहरीले गरेको यस सकारात्मक कदमको स्वागत गरि व्यवसायको नाममा उपभोक्ताको स्वास्थ्य माथी खेलवाड गर्ने अपराधीहरुलाई कानूनको कठघरामा उभ्याई सजाय दिलाउन र महको गुण र फाईदा वारे जानकारी दिन पर्नेमा केहि संचार माध्यमहरुले गरेको नकारात्मक प्रचार प्रसारबाट मौरी, मह व्यवसायी, व्यवसायमा संलग्न कृषक र उपभोक्ताहरुमा पर्न गएको भ्रम प्रति नेपाल केन्दि«य मह व्यवसायी ंसंघको गभिर ध्यनाकर्षण भएको छ । ज्याठावाट वरामद वस्तुलाई देखाई केहि संचार माध्यमले महबाट क्यान्सर समेत हुन्छ भनी भ्रमपूर्ण प्रचार प्रसार भएको प्रति संघ गम्भिर चासो र यस्ता भ्रामक र नकारात्मक प्रचार प्रसारले सिङ्गो मौरी पालन व्यवसाय,मह व्यवसायी र यस पेशामा संलग्न कृषकहरुमा धक्का पुगी उपभोक्ताहरुमा मह सेवन गर्न नै शंका उत्पन्न भएकोमा संघ चिन्ता व्यक्त गर्दछ ।
केन्द्रीय अनुसन्धान ब्यूरो सि.आई.बी.ले का.म.न.पा.वडा नं २७ ज्याठामा मह व्यवसायको आवरणमा अखाद्य तत्व मिसाई मह भनि अखाद्य वस्तु विक्री वितरण गर्ने कारखानामा छापा मारेको कार्यले गलत कार्य गर्नेहरु निरुत्साहित भई वास्तविक महको कारोवार गर्ने व्यवसायी उत्साहित हुने कुरामा संघ विश्वास व्यक्त गर्दछ र अवान्छीत कृयाकलाप गर्नेलाई निरुत्साहीत गर्न संघ कृयाशिल रहने व्यहोरा अवगत गराउदैं आर्थिक उपार्जन, रोजगारी सिर्जना,जनताको जीवनस्तरमा सुधार र जिवीकोपार्जनका साथै कृषि जैविक विविधता एंव पर्यावरण संरक्षण संग प्रत्यक्ष रुपमा योगदान पु–याई एग्रीकल्चर, हर्टीकल्चर र फरेष्टीको उत्पादन र उत्पादकत्वसंग समेत गासीएको मौरीपालन व्यवसायलाई आघात पार्ने गरी कुनै पनि कार्य प्रचार प्रसार नगर्ने व्यवस्था गर्न र अपराधीलाई हदै सममको दण्ड सजाय दिलाउनका लागि आवश्यक पहल कदमी लिन माग गर्दछौं ।
बोधार्थ
१) उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबार
२) श्रीमान् सचिवज्यू,
कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबार
३) श्रीमान् महा निर्देशकज्यू
कृषि विभाग, हरिहर भवन
४) श्रीमान् महा निर्देशकज्यू
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग , बबरमहल
५) श्रीमान् अध्यक्षज्यू
उद्योग वाणिज्य महासंघ, टेकु, काठमाडौ
.............
अध्यक्ष
नेपाल केन्द्रीय मह व्यवसायी संघ
गोंगवु ,काठमाडौं

