२०८३, कार्तिक १३ गते शुक्रबार

वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्ष स्थापना

वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्ष स्थापना


  • मेरोभ्यूज
  • माघ १६, २०७८ आइतबार

  • वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्ष स्थापना

    काठमाडौं । सरकारले वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकले भोग्नुपरेको समस्यालाई एकत्रित गरी सम्बोधन गर्ने उद्देश्यले गुनासो सुनुवाइ कक्ष स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आजदेखि वैदेशिक रोजगारसँग सम्बन्धित समस्याको समाधान गर्न वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्ष र कल सेन्टर सञ्चालनमा ल्याएको हो ।  

    पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन देखाएर पर्यटन तथा अन्य भिसामा खाडी क्षेत्रका विभिन्न मुलुक, दक्षिणपूर्वी एसियाली मुलुक, युरोपेली तथा अमेरिकी मुलुक र अफ्रिकी महादेशका देशमा गैरकानूनी रुपमा पु¥याई नेपाली नागरिकलाई अलपत्र पारेको, ठगीमा परेको, विभिन्न समस्या तथा अप्ठ्यारोमा परेको भनी दिनहुँ गुनासो आउने गरेपछि श्रममन्त्री कृष्णकुमार श्रेष्ठको निर्देशनमा मन्त्रालयमै गुनासो सुनुवाइ कक्ष स्थापना गरिएको हो । 

    अब कल सेन्टर तथा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्षमार्फत वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी एकीकृत गरिनेछ । आएका समस्या तथा गुनासालाई प्राथमिकीकरण गरी समाधान गरिने र सेवाग्राहीलाई आफ्नो गुनासो सुनुवाइको अवस्थाबारे जानकारीसमेत दिइने मन्त्रालयले छ ।

    समस्या तथा गुनासो मोबाइल नं ९८२३२५६७०४, ९८२३२५६७०६ र ९७७१५९७००८ वा टोल फ्री नम्बर ११४१ मा सिधै सम्पर्क गरी २४ सै घण्टा गुनासो र समस्या टिपाउन सकिनेछ ।

    गुनासो सुनुवाइ कक्ष र कल सेन्टरको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका नाममा नेपाली नागरिकलाई अलपत्र पार्ने जोसुकै संस्था वा व्यक्तिलाई प्रचलित कानूनबमोजिम कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता जनाए । उनले पीडितको गुनासो सुनुवाइका लागि प्रतिउत्तर कार्यटोली तथा प्रहरीको समेत सहभागितमा मार्सल टोली गठन गरी दोषीलाई कारवाही गर्न सुरु गरिएको बताए । 

    मन्त्रालयका सचिव एकनारायण अर्यालले कल सेन्टर तथा वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्षबाट वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी प्राथमिकताका साथ समाधान गरिने बताए । 

    यसअघि पनि सञ्चालनमा रहेको कल सेन्टरलाई वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ गर्न एकीकृत कक्षका रुपमा व्यवस्थित गरी सुरु गरिएको हो ।

    वैदेशिक रोजगारीका नाममा हुने कुनै प्रकारको रकम संकलन, ठगी लगायतका क्रियाकलापमा संलग्न व्यक्ति, मेनपावर कम्पनी वा अन्य संस्थामाथि कडा कारबाही गरिने मन्त्रालयले जनाएको छ । 


    प्रकाशित : आइतबार, माघ १६ २०७८०८:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार