२०८३, कार्तिक १३ गते शुक्रबार

चितवनकाे हनुमाननगरबाट भूमिहीनलाई लालपूर्जा वितरण गरिने

चितवनकाे हनुमाननगरबाट भूमिहीनलाई लालपूर्जा वितरण गरिने


  • मेरोभ्यूज
  • माघ १७, २०७८ सोमबार

  • चितवनकाे  हनुमाननगरबाट भूमिहीनलाई लालपूर्जा वितरण गरिने

    चितवन । लालपूर्जा वितरणको प्रक्रियाका लागि राष्ट्रिय भूमि आयोग चितवनले स्थलगत निरीक्षण गरेको छ । चितवनको ३ वटा स्थानीय तहमा लालपूर्जा वितरणको लागि आयोगका अध्यक्ष बद्री तिमिल्सिनासहितको टोली आफै फिल्डमा खटिएर स्थलगत निरीक्षण गरेको हो ।

    भरतपुर महानगरकी प्रमु्ख मेयर रेनु दाहाल र कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठसँग छलफल, भेटघाटसगैं लालपूर्जा वितरण गर्ने स्थानहरुको आफै निरीक्षण गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

    मंगलबार (भोली) देखी स्थानीय निकाय र सरोकारवालाको उपस्थितिमा सेटेलाइट र नापीका प्राविधिकसहित काम सुरु हुने जानकारी दिँदै उनले विवादरहित तरिकाबाट सहकार्य गर्न नगरप्रमुखसँग आग्रह गरे । आयोगले भरतपुर महानगरपालिकाको ६ वटा वडा, कालिका नगर र माडी नगरपालिकाको ३ ३ वटा वडा गरि १२ वटा वडाबाट पहिलो चरणमा काम सुरु गर्ने तयारी गरेकाे छ ।

    एउटा टोलीमा १ जना सर्वेक्षक र एक जना अमिनीसहित  बाँकी स्थानिय पालिकाले सहयोग गर्न पठाएका प्राविधिकसहितका बढी ४ जना गरि ६ जनाको टोली प्रत्येक वडामा खटिई  सबै विवरण डिजिटलाईजेसन गरेसगैँ लालपूर्जा वितरणको कार्य सुरुवात हुने अध्यक्ष तिमिल्सिनाले बताए ।

     भरतपुर महानगरपालिकामा मात्र १० हजार २९,  कालिका नगरमा ५ हजार ५५९ र माडी नगरमा ५ हजार ४५६ जना  दलित भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपूर्जाको माग गर्दै निवेदन दिएका छन् । स्थलगत क्रममा भरतपुर महानगरका प्रमुख रेनु दाहालले चुनावी अभियानका क्रममा आफूहरुले बोलेको वाचा पूरा गर्न भूमि आयोगका अधयक्ष तिमिल्सिनाको सक्रियता प्रशंसनीय रहेको बताइन्।


    प्रकाशित : सोमबार, माघ १७ २०७८०८:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार