२०८३, कार्तिक १३ गते शुक्रबार

भाेलिसम्म स्थानीय तहकाे मिति नताेके देशव्यापी जनदबाब सिर्जना गर्ने एमाले निर्णय

भाेलिसम्म स्थानीय तहकाे मिति नताेके देशव्यापी जनदबाब सिर्जना गर्ने एमाले निर्णय


  • मेरोभ्यूज
  • माघ १९, २०७८ बुधबार

  • भाेलिसम्म स्थानीय तहकाे मिति नताेके देशव्यापी जनदबाब सिर्जना गर्ने एमाले निर्णय

    काठमाडाैं । नेकपा (एमाले)ले स्थानीय तहकाे निर्वाचनकाे मिति तत्काल घाेषणा गर्न माग गरेकाे छ । भक्तपुरकाे एक पार्टी प्यालेसमा आज बसेकाे केन्द्रीय सचिवालय बैठकले भाेलिसम्म स्थानीय तहकाे मिति नताेके देशव्यापाी दबाबमुलक कार्यक्रम गर्ने निर्णय गरेकाे प्रचार विभाग प्रमुख पृथ्बी सुब्बा गुरूङले जानकारी दिए । 

    एमालेले राष्ट्रियसभा निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने निर्णयसमेत गरेकाे छ । बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ र सुदूरपश्चिममा भएको अनुशासन उल्लङ्घन एवं अन्तर्घातको छानविन गर्न कारवाहीका लागि सिफारिस गर्न प्रदेशलाई निर्देशन दिएको उनले जानकारी दिए ।

    बैठकले केही दिन अगाडि माधव नेपालकाे पार्टीमा प्रवेश गरेकी तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुखलाई निष्काशन गर्ने, रौतहट र पर्सामा जिल्ला अधिवेशनमा देखिएको विवाद समाधान गर्न केन्द्रीय सङ्गठन विभागलाई जिम्मेवारी दिने निर्णय गरेकाे छ ।

    बैठकले यसैसाता केन्द्रमा प्रशिक्षण कार्यक्रम गर्ने, प्रदेशमा पनि कार्यक्रम सञ्चालन गर्ने, आफूहरूले गरेको राम्रा कामको प्रचार गर्दै स्थानीय तह निर्वाचन जित्ने रणनीतिका साथ अगाडि बढ्ने निर्यण लिएकाे प्रमुख गुरुङले जानकारी दिए ।

    बैठकले महिला, युवा, विद्यार्थी र किसान महासङ्घबाहेकका अन्य जनसङ्गठनको महाधिवेशन प्रक्रिया अघि बढाउने, पार्टीको नियमावली, जनसङ्गठनको निर्देशिका पारित र सहकारी तथा स्थानीय निकाय विभागमा सदस्य थप्ने निर्णय गरेको छ । 


    प्रकाशित : बुधबार, माघ १९ २०७८०८:१६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार