काठमाडाैं । स्थानीय तहकाे निर्वाचनकाे मिति घाेषणा, संसद् अवराेध, एमसिसी परियाेजना संसदबाट पारित गर्न तीव्र दबाब आएपछि दलका नेताहरूकाे सक्रियता बढेकाे छ । दलका शीर्ष नेताहरूले भेटघाटलाई बाक्लाे बनाएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बुधबार बिहान खुमलटार पुगेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटवार्ता गरेका छन् । नेता नेपालले स्थानीय तहमा चुनावी माेर्चा बनाउने विषयमासमेत छलफल गरेका थिए ।
भेटवार्तामा स्थानीय तहकाे निर्वाचन, एमसिसी सम्झाैतालगायत समसामियक राजनीतिक विषयमा छलफल भएकाे खुमलटार स्राेतले जनाएकाे छ । भेटमा अध्यक्ष नेपालले दाहालसँग केही दिनअघि बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र दाहालबीच भएकाे छलफलका बारेमा चासाे राखेका थिए ।

