२०८३, कार्तिक १३ गते शुक्रबार

वैदेशिक रोजगार व्यवसायी सङ्घलाई पुनः साधारणसभा गर्न प्रशासनले सहमति दिएन

वैदेशिक रोजगार व्यवसायी सङ्घलाई पुनः साधारणसभा गर्न प्रशासनले सहमति दिएन


  • मेरोभ्यूज
  • माघ २७, २०७८ बिहीबार

  • वैदेशिक रोजगार व्यवसायी सङ्घलाई पुनः साधारणसभा गर्न प्रशासनले सहमति दिएन

    काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको वैधानिकता समाप्त भइसकेकाले पुनः साधारणसभा गर्न सहमति दिन नसकिने निर्णय गरेको छ ।

    सङ्घले गत पुस २८ गते पुनः साधारणसभाका लागि निर्देशन माग गरेकामा संस्थाको वैधानिक कार्यकाल समाप्त भइसकेको र पटक–पटक तोकिएको मितिमा साधारणसभा नगरेको देखिएको भन्दै जिल्ला प्रशासन कार्यालयले पुनः साधारणसभा गर्नका लागि सहमति दिन नसकिने निर्णय गरेको हो ।

    कार्यालयले वर्तमान कार्यसमितिको कार्यकाल गत असोज ७ गते समाप्त भइसकेको जनाएको छ । जिल्ला प्रशासन कार्यालयले गत असोज ७ गते जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड पालना र भौतिक दूरी कायम गरी निर्वाचनसहितका साधारणसभा गर्न अनुमति दिएको थियो ।

    त्यसलगत्तै सङ्घले भदौ २३ गते कार्यालयलाई पत्र लेख्दै दशैँ, तिहार र छठपर्व पर्न गएको अवस्था देखाई गत मङ्सिर २७ गते साधारणसभा गर्ने निर्णय गरेको थियो । तोकिएको समयमा साधारणसभा नगरी विभिन्न कारण देखाउँदै फेरि कात्तिक २५ गतेको सङ्घको कार्यसमिति बैठकले पुस २३ गते साधारणसभा गर्ने निर्णय गरेको थियो । सो समयमा पनि साधारणसभा नगरी पुस ३० गतेका लागि सारिएको थियो । सारिएको मितिमा पनि साधारणसभा भएको थिएन ।


    प्रकाशित : बिहीबार , माघ २७ २०७८०८:२६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार