२०८३, कार्तिक १३ गते शुक्रबार

गलपासाे एमसिसी
यथास्थितिमा एमसिसी अगाडि नबढाउन देउवामाथि प्रचण्ड-माधवकाे दबाब

यथास्थितिमा एमसिसी अगाडि नबढाउन देउवामाथि प्रचण्ड-माधवकाे दबाब

प्रधानमन्त्री देउवा भन्छन्- एमसिसी टेबल गर्न दिनुस्, बरू तपाईंहरू संसदमा अनुपस्थित हुनाेस्


  • मेरोभ्यूज
  • माघ २९, २०७८ शनिबार

  • यथास्थितिमा एमसिसी अगाडि नबढाउन देउवामाथि प्रचण्ड-माधवकाे दबाब

    काठमाडाैं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथास्थितमा एमसिसी अगाडि नबढाउन प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब बढाएका छन् । 

    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएकाे तीन शीर्ष नेताबीचकाे छलफलमा दाहाल र नेपालले यथास्थितिमा एमसिसी अगाडि बढाए सरकार छाड्ने र एमसिसीकाे विराेधमा देशव्यापी आन्दाेलन चर्काउने चेतावनी दिए । 

    दाहाल र नेपालले एकसाथ देउवालाई भने- ‘सरकारले आगामी वैशाख ३० गते स्थानीय तहकाे निर्वाचन घाेषणा गरेकाे छ, एमसिसी अगाडि बढाए चुनाव बिथाेलिनसक्छ, तपाईंले यसकाे जिम्मा लिनुहुन्छ ?’ 

    छलफलमा प्रधानमन्त्री देउवाले एमसिसी सम्झाैता संसदमा टेबल गर्न आफूँमाथि तीव्र दबाब परेकाले विषयकाे गम्भीर्यता बुझिदिन आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाले एमसिसी टेबल गर्ने दिन माओवादी र समाजवादीलाई संसदमा अनुपस्थित हुन सुझाव दिएका थिए । 

    सरकारले एमसिसी संसदमा टेबल गरेकाे अवस्थामा गठबन्धन भत्कियाे भनेर नबुझ्न देउवाले नेताद्वयलाई आग्रह गरेका थिए । ‘एमसीसी संसदमा टेबुल हुँदैमा गठबन्धन टुट्दैन’, प्रधानमन्त्रीले भने । 

    यथास्थितिमै एमसीसी सम्झौता टेबल भएमा माओवादी केन्द्र भने तत्काल सरकारबाट बाहिरिने भएको छ । प्रचण्डले संशोधन वा परिमार्जन नगरी सम्झौता टेबल गरिए सरकारमा बस्न नैतिकरुपमा नमिल्ने  स्पष्ट पारेका छन् ।

     


    प्रकाशित : शनिबार, माघ २९ २०७८०८:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार