२०८३, कार्तिक १४ गते शनिबार

एमसिसीमा सबै दलको समर्थन हुने प्रधानमन्त्री देउवाको विश्वास

एमसिसीमा सबै दलको समर्थन हुने प्रधानमन्त्री देउवाको विश्वास


  • मेरोभ्यूज
  • फाल्गुण ३, २०७८ मंगलबार

  • एमसिसीमा सबै दलको समर्थन हुने प्रधानमन्त्री देउवाको विश्वास

    काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) का पक्षमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर संसदबाट अनुमोदन हुने विश्वास व्यक्त गरेका छन् । कांग्रेस संसदीय दलको आज बसेको बैठकमा उनले कांग्रेससँगै सबै दलको सहयोगमा एमसिसी अनुमोदन हुने विश्वास व्यक्त गरेका हुन् ।

    एमसिसीसम्बन्धी प्रस्ताव तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्बाट पारित गरी २०७६ साल असार ३० गते संसद्मा दर्ता गराएको र सो दलमा आबद्ध सबै सांसद हाल विभिन्न दलमा भए पनि एमसिसी प्रस्तावमा समर्थन हुने प्रधानमन्त्रीको विश्वास थियो ।


    प्रकाशित : मंगलबार, फाल्गुण ३ २०७८०९:३०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार