२०८३, कार्तिक १२ गते बिहीबार

कोरिया जाने पर्खाइमा रहेका युवालाई छिटो पठाउन कोरियाली पक्षसँग छलफल

कोरिया जाने पर्खाइमा रहेका युवालाई छिटो पठाउन कोरियाली पक्षसँग छलफल


  • मेरोभ्यूज
  • फाल्गुण २३, २०७८ सोमबार

  • कोरिया जाने पर्खाइमा रहेका युवालाई छिटो पठाउन कोरियाली पक्षसँग छलफल

    काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली (इपिएस) पास गरेर रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियाली पक्षसँग छलफल गरेका छन् ।

    कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी)का नेपाल प्रतिनिधि किम उन डकसँग मन्त्रालयमा भएको भेटमा उनले इपिएसअन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा ठूलो सङ्ख्यामा नेपाली युवाहरु रहेकाले छिटो लैजाने वातावरण बनाउन आग्रह गरे ।

    मन्त्री श्रेष्ठले व्यावसायिक उडान खुला गरी छिटो पठाउने प्रबन्ध गर्न कोरियाली पक्षसँग आग्रह गरे । अहिले चार्टर्ड उडानमार्फत कोरिया लैजाने गरिएकामा व्यावसायिक उडान खुला भएपछि नियमित हुनेछ भने कम शुल्कमा जान पाउनेछन् ।

    भेटमा एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले अहिले दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमण तीव्ररूपमा फैलिरहेको बताएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । कोरोना महामारीका लागि रोकिएका कामदार छिटो ल्याउन कोरिया सरकार सकारात्मक भए पनि महामारीका कारण समस्या भएको उनको भनाइ छ ।

    विदेशी श्रमिक अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएकाले क्वारेन्टिन अभावले धेरै श्रमिक एकैपटक लैजान नसकिएको उनले सुनाए । व्यावसायिक उडान खुला गर्न आवश्यक प्रक्रिया सुरु गरिएको जानकारी दिँदै उनले छिटो सञ्चालन हुने विश्वास समेत दिलाए ।

    यसअघि कोरोना सङ्क्रमणको जोखिमका कारण माघको दोस्रो सातादेखि श्रमिक लैजान रोकिएकामा हालै पुनः खुला गरिएको थियो । करिब सात हजार श्रमिक कोरिया जान छनोट भएकामा कोरोना सङ्क्रमणपछि ९८४ जना मात्र गएका छन् भने आज थप १७४ जना जाँदैछन् । यही मार्च १६ गते १७० जना जानेछन् ।


    प्रकाशित : सोमबार, फाल्गुण २३ २०७८०९:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार