२०८३, कार्तिक ११ गते बुधबार

नेपाल युएईसँग पराजित

नेपाल युएईसँग पराजित


  • मेरोभ्यूज
  • चैत्र ४, २०७८ शुक्रबार

  • नेपाल युएईसँग पराजित

    काठमाडाैं । आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल आयोजक युएइसँग ४८ रनले पराजित भएको हो ।

    युएईले दिएको १६९ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १२० रनमा समेटियो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन बनाए । साठी बल खेलेका उनले ४ चौकाको मद्दतमा ४६ रन बनाएका हुन् । त्यसैगरी ज्ञानेन्द्र मल्लले २८ रन बनाए भने कुशल भुर्तेलले ११ रन जोडे ।

    करन केसी ६, आसिफ शेख ७, दीपेन्द्रसिंह ऐरी ४, सोमपाल कामी ६, सन्दीप लामिछाने ७ रन बनाउँदा आरिफ शेख र कमल सिंह ऐरी शून्यमा आउट भए । युएईको बसिल हमिद एक्लैले ४ विकेट लिए भने जुनेद सिद्दिकीले ३ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४६ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनाएको थियो ।

    युएईका रिजवान सिपी र रोहन मुस्तफाले समान ४०/४० रन बनाए । ओपनर मुहमद वसिमले २१ रन जोड्दा कासिफ दाउदले १८, बसिल हमिदले १४ तथा अहमेद राजाले १३ रन बनाए । युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामीले ४ विकेट लिए भने करण केसीले ३ विकेट झारे ।

    सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान १÷१ विकेट लिए । यसअघि बुधबार भएको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई २ विकेटले हराएको थियो । अब नेपालले आफ्नो तेस्रो खेलमा युएईविरुद्ध नै सोमबार प्रतिस्पर्धा गर्नेछ । 


    प्रकाशित : शुक्रबार, चैत्र ४ २०७८०९:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार