२०८३, कार्तिक ११ गते बुधबार

दशौँ राष्ट्रिय खेलकूद मंसिर १६ देखि सुर्खेतमा हुने

दशौँ राष्ट्रिय खेलकूद मंसिर १६ देखि सुर्खेतमा हुने


  • मेरोभ्यूज
  • श्रावण २८, २०८३ बिहीबार

  • दशौँ राष्ट्रिय खेलकूद मंसिर १६ देखि सुर्खेतमा हुने

     

    काठमाडौँ । दशौँ राष्ट्रिय खेलकूद प्रतियोगिता २०८३ साल मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना हुने भएको छ ।

    राष्ट्रिय खेलकूद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले बिहीबार दशौँ राष्ट्रिय खेलकूद सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको हो ।

    राखेपका अध्यक्ष तथा शिक्षा तथा खेलकूदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले प्रथम राष्ट्रिय पारा खेलकूद प्रतियोगिता पुस १५ गतेदेखि सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

    बैठकले २०औँ एसियाली खेलकूदमा सहभागी हुने नेपाली खेलाडी तथा अफिसियलको नामावलीसमेत अनुमोदन गरेको छ ।

    बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले दशौँ राष्ट्रिय खेलकूदलाई भव्य र सफल बनाउन सबै पक्ष एकताबद्ध भएर तयारीमा जुट्न आग्रह गरे ।

    बैठकमा शिक्षा तथा खेलकूद मन्त्रालयका सचिव चुडामणि पौडेल, राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ, प्रदेश खेलकूद परिषद्का सदस्य–सचिवहरू तथा परिषद्का बोर्ड सदस्यहरूको उपस्थिति थियो ।

    बैठकमा राखेपका सदस्य–सचिव रामचरित्र मेहताले विभिन्न विषयवस्तु प्रस्तुत गरेको थियो ।


    प्रकाशित : बिहीबार , श्रावण २८ २०८३०९:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार