२०८३, कार्तिक ११ गते बुधबार

अन्ततः ‘व्याक’ भए प्रकाश सपुत, ‘पीर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य हटाइयो (भिडियाे)

अन्ततः ‘व्याक’ भए प्रकाश सपुत, ‘पीर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य हटाइयो (भिडियाे)


  • मेरोभ्यूज
  • चैत्र ५, २०७८ शनिबार

  • अन्ततः ‘व्याक’ भए प्रकाश सपुत, ‘पीर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य हटाइयो (भिडियाे)

    काठमाडौं । चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाएका छन् । उनले शनिबार साँझ उक्त दृश्य हटाइएको गीतको नयाँ भिडियो अपलोड गरेका छन् ।

    उनले भिडियो अर्काइभका रुपमा रहने र जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने भएपछि आफूले उक्त दृश्य हटाएको प्रष्टीकरण दिएका छन् । 

    गीतको सम्पादित नयाँ भिडियो अपलोड गर्दै गायक सपुतले पीरले सफलता मात्रै नभई धेरै कुरा सिकाएको र सचेत गराएको बताएका छन् । ‘तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शक, स्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह/समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नुपर्ने चेत  गराएको  छ’, सपुतले भनेका छन् ।  

    पीरमा प्रतीकात्मक रुपमा राखिएको दृश्य र पात्रले चित्रण गरेको विषयले सम्बन्धित समूहको आत्मसम्मानमा त चोट पुग्नाका साथै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायाँमा पारिदिएको भन्दै सपुतले आत्मालोचनासमेत गरेका छन् । 

    ‘जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने भयो । नियोजित रुपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषय विषयान्तर भइरहने जस्तो भयो’, सपुतले फेसबुकमा भनेका छन्, ‘त्यसैले कुनै दबाब/प्रभावले नभएर  प्राप्त प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकको सुझाव, लेखक, पत्रकार, समीक्षकको समीक्षा र सम्बन्धित समूहको आत्मसम्मानलाई मनन् गर्दै त्यो दृश्य सम्पादन गरेर नयाँ भिडियो ‘रि–अपलोड’ गरिएको छ ।’

    पीर प्रकरणबाट सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको उनको भनाइ छ । यद्यपि सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने  कि सिर्जनाप्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने ? भन्ने बहस हुन जरुरी रहेको उनको मत छ ।

    कसैको आत्मसम्मान र सर्जकको इमान्दारितालाई मनन् गर्दै आफ्नो प्रतिक्रिया दिन आग्रह गर्दै सपुतले नयाँ गीतका सन्दर्भमा थप राजनीतिकरण र अतिरन्जित नगर्न अनुरोध गरेका छन् ।


    प्रकाशित : शनिबार, चैत्र ५ २०७८०७:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार