२०८३, कार्तिक ११ गते बुधबार

गीतकार कृष्णहरि बराल र सङ्गीतकार गणेश गुरुङलाई प्रतिभा सम्मान

गीतकार कृष्णहरि बराल र सङ्गीतकार गणेश गुरुङलाई प्रतिभा सम्मान


  • मेरोभ्यूज
  • चैत्र ५, २०७८ शनिबार

  • गीतकार कृष्णहरि बराल र सङ्गीतकार गणेश गुरुङलाई प्रतिभा सम्मान

    काठमाडाैं । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ को प्रतिभा सम्मान गीतकार कृष्णहरि बराललाई र पुरस्कार सङ्गीतकार गणेश गुरुङलाई प्रदान गरेको छ । प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले रु ५० हजार राशिको सम्मान बराललाई र रु एक लाख राशिको पुरस्कार गुरुङलाई प्रदान गरेका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वकुलपति काइँलाले विदेशमा रहेर पनि प्रतिष्ठानले भाषा, साहित्य र संस्कृतिलाई सम्झने काम गरेको भन्दै प्रशंसा गरे । सम्मानित व्यक्तित्व बरालले साहित्य सृजनामा लागेका ठूला प्रतिभा ओझेलमै रहेको उल्लेख गर्दै तिनीहरुको खोजी गरेर सम्मान गरिनुपर्नेमा जोड दिए ।

    पुरस्कृत व्यक्तित्व गुरुङले पुरस्कार पाएसँगै जिम्मेवारी बढेको अनुभूति भएको बताए । कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य प्रा डा देवी नेपालले बाल साहित्यको इतिहास लेखनको काम भइरहेको जानकारी दिए। साहित्यकार मदन राईले रकमभन्दा सम्मान ठूलो भएपनि कोषको वृद्धि गरिनुपर्नेमा जोड दिए।

    कार्यक्रममा रजनी ढकालले सम्मानित व्यक्तित्व बराल र सम्मानित व्यक्तित्व गुरुङको योगदानको चर्चा गरेकी थिइन् । सो अवसरमा प्रतिष्ठानका पूर्वअध्यक्ष दयाकृष्ण राईले संस्थाले बेलायतमा एकल कविता वाचनलगायत साहित्यिक कार्यक्रमलाई निरन्तरता दिएको बताए । 


    प्रकाशित : शनिबार, चैत्र ५ २०७८१०:२२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार