२०८३, कार्तिक १२ गते बिहीबार

टी–२० शृङ्खला विजेता खेलाडीलाई सरकारले पुरस्कृत गर्ने

टी–२० शृङ्खला विजेता खेलाडीलाई सरकारले पुरस्कृत गर्ने


  • मेरोभ्यूज
  • चैत्र ३०, २०७८ बुधबार

  • टी–२० शृङ्खला विजेता खेलाडीलाई सरकारले पुरस्कृत गर्ने

    काठमाडाैं । सरकारले त्रिकोणात्मक टी–२० शृङ्खलाका विजेता नेपाली टोलीका खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई रु जनही दुई लाख प्रदान गर्ने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले जानकारी दिए ।

    नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले रु एक लाख ५० हजार तथा अन्य अफिसियलले जनही रु एक लाख प्राप्त गर्नेछन् । यही चैत १४ देखि २१ गतेसम्म काठमाडौँमा भएको नेपाल, पपुवान्युगिनी र मलेसियाबीचको प्रतियोगितामा नेपाली राष्ट्रिय टोली विजयी भएको थियो । विजेता खेलाडीलाई पुरस्कृत गर्ने प्रस्ताव खेलकुद मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको थियो ।


    प्रकाशित : बुधबार, चैत्र ३० २०७८१०:०७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार