२०८३, कार्तिक १२ गते बिहीबार

योगाभ्यास र अकुप्रेसरको संयोजनबाट प्रभावकारी स्वास्थ्योपचार

योगाभ्यास र अकुप्रेसरको संयोजनबाट प्रभावकारी स्वास्थ्योपचार


  • मेरोभ्यूज
  • बैशाख २, २०७९ शुक्रबार

  • योगाभ्यास र अकुप्रेसरको संयोजनबाट प्रभावकारी स्वास्थ्योपचार

    काठमाडाैं । योगाभ्यास र अकुप्रेसरको संयोजनबाट प्रभावकारी स्वास्थ्योपचार गर्ने उद्देश्यले राजधानीमा एक दिवसीय ‘योगाभ्यासमा अकुप्रेसर’ विशेष तालिम आयोजना गरिएको छ । योग–ध्यान आरोग्य सञ्जाल नेपाल र ओम समाज डेण्टल अस्पतालको संयुक्त आयोजनामा ५० बढी योग प्रशिक्षकलाई अकुप्रेसर चिकित्साका बारेमा तालिम प्रदान गरिएको थियो ।

    तालिममा सहभागीलाई क्यानाडेली अकुपञ्चरिष्ट एन्ने लेफेबभ्रेले अकुप्रेसर चिकित्साको विविध आयामका बारेमा जानकारी दिएकी थिइन्। उनले अकुप्रेसर उपचार पद्धति, उपचार प्रक्रिया र रोगानुसारको उपचार विधिका बारेमा प्रशिक्षण दिएकी थिइन् । अकुपञ्चर उपचार पद्धति करिब पाँच हजार वर्ष अगाडिदेखि प्रचलनमा छ ।

    चिनियाँ सभ्यताबाट विकास भएको अकुपञ्चार उपचार पद्धति अहिले विश्वभर बैकल्पिक चिकित्सा माध्यमका रुपमा प्रचलित छ । उक्त उपचार पद्धतिमा औषधिको प्रयोगबिना उपचार गरिन्छ । दुःखाइ निवारणमा अकुप्रेसरको नतिजा तुरुन्त पाउन सकिन्छ ।

    शरीरमा ऊर्जा प्रवाहका क्रममा कुनै ठाउँमा अवरोध आएमा शारीरिक तथा मानसिक समस्या देखिने र अकुप्रेसर पोइन्टमा दबाब दिएर उक्त अवरोध खुलाएर यस उपचार पद्धतिमार्फत पूर्ववत् अवस्थामा फर्काउने गरिन्छ ।

    तालिमको समापन गर्दै पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पूर्वीय दर्शनको प्राचिन विज्ञान योग र चिनियाँ सभ्यताले विकास गरेको अकुप्रेसर/अकुपञ्चरको संयोजनबाट गरिने उपचार प्रभावकारी पाइएको बताए ।

    योग–ध्यान आरोग्य सञ्जाल नेपालका संरक्षक एवं प्राकृतिक चिकित्सक डा क्षितिज बाराकोटीले औषधिबिनाको उपचार पद्धति योग र अकुप्रेसरलाई जोडेर आरोग्यता हासिल गर्न सकिने बताए । उनले शारीरिक र मानसिक समस्यामा योग र अकुप्रेसरको संयोजनबाट उपचारमा विशेष लाभ लिन सकिने बताए ।

    आरोग्य सञ्जालका अध्यक्ष डा सुवास घिमिरेले प्राकृतिक उपजको उपभोग र योगाभ्यास तथा अकुपञ्चरमार्फत स्वस्थ्य जीवनयापन गर्न सकिने बताए । 


    प्रकाशित : शुक्रबार, बैशाख २ २०७९०८:४६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार