२०८३, कार्तिक ११ गते बुधबार

चीनले जारी गरेको नक्साबारे प्रधानमन्त्रीको भ्रमणमा कुरा हुन्छ : प्रवक्ता सापकोटा (भिडियाे)

चीनले जारी गरेको नक्साबारे प्रधानमन्त्रीको भ्रमणमा कुरा हुन्छ : प्रवक्ता सापकोटा (भिडियाे)


  • मेरोभ्यूज
  • भाद्र १५, २०८० शुक्रबार

  • चीनले जारी गरेको नक्साबारे प्रधानमन्त्रीको भ्रमणमा कुरा हुन्छ : प्रवक्ता सापकोटा (भिडियाे)

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा उक्त विषयमा छलफल हुने बताए ।

    “चीनले जारी गरेको नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । कूटीतिक पहलकदमी बढाउनुपर्छ”, प्रवक्ता सापकोटाले भने, “प्रधानमन्त्रीको चीन भ्रमणका बेलामा कुराकानी हुन्छ ।” नक्सा जस्तो महत्वपूर्ण विषयलाई किन समेटिएन भन्नेबारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने उनकाे भनाइ थियो ।

    ‘चीनले जारी गरेको नक्साको सम्बन्धमा त्यो के भयो ? किन त्यस्तो हुन गयो ? किन त्यसरी धेरै महत्वपूर्ण विषयलाई समेटिएन ? यसबारे त कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । मैले हिजो त्यो जारी भएको सुनेदेखि बुझ्दा पहिलाको सरकारले जानकारी दिएको थियो भन्ने छ । कूटनीतिक पहलकदमी अलिकति बढाउनुपर्छ भन्ने सुझाव पनि छ । मुख्यतः हाम्रो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ । त्यसवेला कुराकानी हुन्छ,’ उनले भने।

    प्रवक्ता सापकोटाले एमसिसी परियोजना कार्यान्वयनका लागि संसदबाट गरिएको १२बुँदे व्याख्यात्मक घोषणा एमसिसीको अंग बनाउनुपर्ने बताए। माओवादी केन्द्र व्याख्यात्मक घोषणालाई एमसिसीको अंग बनाएर मात्रै सो परियोजना अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको उनले प्रस्ट पारे।


    प्रकाशित : शुक्रबार, भाद्र १५ २०८००७:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार