२०८३, कार्तिक १५ गते आइतबार

अर्थतन्त्रलाई गति दिन केन्द्रित हुनेछु : अर्थमन्त्री पुन

अर्थतन्त्रलाई गति दिन केन्द्रित हुनेछु : अर्थमन्त्री पुन


  • मेरोभ्यूज
  • फाल्गुण २३, २०८० बुधबार

  • अर्थतन्त्रलाई गति दिन केन्द्रित हुनेछु : अर्थमन्त्री पुन

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले पदबहाली गरेका छन् । अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै उनले अर्थतन्त्रका समस्या बारे आफू जानकार रहेको र त्यसको समाधानका लागि आफू लागिपर्ने बताए ।

    “अर्थतन्त्र शिथिल छ, अब आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्नेछु । नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसात् गरेको छ । नयाँ आशा जगाउनका लागि पहल गर्नेछु । तर त्यो त्यति सहज छैन । विगतका आफ्ना अनुभव र शिक्षाका साथ काम गर्न सकिन्छ । नयाँ आशा जगाउन सक्छौँ,” मन्त्री पुनले भने ।

    आफूभन्दा अगाडिको नेतृत्वलाई आलोचना गर्न लाग्ने भन्दा पनि आफूले राम्रो गर्न प्रयत्न गर्ने उनले बताए । अन्तरमन्त्रालय समन्वयलाई प्राथमिकतामा राख्ने उनकाे भनाइ छ ।

    अर्थमन्त्री पुनले कार्यभार सम्हालेलगत्तै पहिले निर्णयका रुपमा जलवायु कोषबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण सहायतालाई उत्पादनशील र दिगो पूर्वाधार आयोजनाको ठोस क्रियाकलापमा केन्द्रित गर्ने गरी प्रस्ताव तयार गर्न विषयगत मन्त्रालय र सम्बन्धित दातृ निकायलाई मार्गनिर्देश गर्ने निर्णय गरेका छन् ।

    त्यस्तै ग्रीन क्लाइमेट फण्डको पाइपलाइनमा रहेका आयोजनाको अद्यावधिक गर्ने निर्णय गरेका छन् ।

    विसं २०६४ मा संविधानसभा सदस्य बनेका पुन २०६७ मा शान्ति तथा पुनःनिर्माणमन्त्री मन्त्री बनेका थिए । विसं २०६८ मा अर्थमन्त्री बनेका उनले वार्षिक बजेट ल्याउन पाएका थिएनन् । उनी २०७४ मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका थिए ।

    विसं २०५३ मा तत्कालीन नेकपा (माओवादी)को रोल्पा र प्युठान जिल्ला समिति सचिव बनेका नेता पुन हाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को उपमहासचिव हुन् । रोल्पा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित उनले कानून सङ्कायमा स्नातक गरेका छन् । विसं २०२८ जेठ १८ गते रोल्पा नगरपालिका–४ माडीचौरमा जन्मिएका हुन् ।


    प्रकाशित : बुधबार, फाल्गुण २३ २०८०११:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार