२०८३, कार्तिक १५ गते आइतबार

महाँकाल गाउँपालिकालाई पर्यटकीय पालिका घोषणा गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल

महाँकाल गाउँपालिकालाई पर्यटकीय पालिका घोषणा गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल


  • मेरोभ्यूज
  • बैशाख २६, २०८१ बुधबार

  • महाँकाल गाउँपालिकालाई पर्यटकीय पालिका घोषणा गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल

    ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाँकाल गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गर्न पहल गरिने बताएको छ ।

    प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रथम बागमती प्रदेश अन्तरपालिकास्तरीय राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले बागमती प्रदेश सरकारलाई महाँकाल गाउँपालिकालाई पर्यटकीय पालिका घोषणा गर्न आग्रह गर्ने विश्वास दिलायो ।

    विकासमा पछि परेको पालिका र यहाँका जनताको समस्या समाधानको विशेष ध्यान जाने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमार्फत महाँकाललाई प्राथमिकता दिने बताए ।

    ललितपुरको महाँकाल गाउँपालिका-३ गोटीखेलको महाँकाल माध्यमिक विद्यालय परिसरमा बागमती प्रदेशका १६ टोलीको सहभागिता रहेको छ । 

    -----


    प्रकाशित : बुधबार, बैशाख २६ २०८१०९:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार