मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकामा उद्घाटान समाराेहबिच प्रथम एड्भान्स स्काउट तालिम शुभारम्भ भएकाे छ ।
मध्यपुर थिमि नगरपालिकाकाे लागत साझेदारी, बागमती स्काउट प्रदेशकाे समन्वय तथा प्रधान कार्यालयकाे प्राविधिक सहयाेगमा स्थानीय स्काउट कार्यालय, मध्यपुर थिमिले अायाेजना गरेकाे थियाे ।
मध्यपुर थिमिकाे सर्वाङ्गीण बिकासमा मध्यपुर स्काउटकाे सक्रिय भूमिका रहेकाे बिचार राख्नु हुँदै प्रमुख अतिथि तथा उप-प्रमुख बिजयकृष्ण श्रेष्ठले स्काउटिङ्ग उत्थान मार्फत शैक्षिक समृद्धिकाे लागि नगरपालिका सदैव सकारात्मक रहेकाे बताए ।
सहायक काेर्ष लिडर (पुरूष) हरिबहादुर श्रेष्ठद्वारा स्वागत मन्तव्य राखिएकाे उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल स्काउटका राष्ट्रिय प्रमुख अायुक्त महेन्द्रराज रञ्जितले नेपाल स्काउट सामाजिक संस्था मात्र नभई शैक्षिक अभियान पनि भएकाे स्पष्ट पारे ।
साथै, उनले एड्भान्स तालिमकाे मापदण्ड पूरा गर्नुभएका स्काउटर सुविस्ता ध्वंजुलाई प्रमाणपत्र हस्तान्तरण गरे ।
पुरूष र महिला काेर्ष लिडरद्वय भुवनचरण श्रेष्ठ र रूक्मिनी श्रेष्ठ रहनुभएकाे साे तालिममा उहाँहरूलाई प्रमुख अतिथिबाट अधिकारपत्र हस्तान्तरण गरिएकाे थियाे ।
कार्यक्रमका अतिथि पूर्व राष्ट्रिय सचिव रामगोपाल कर्माचार्यले मध्यपुर स्काउटकाे बिकास र बिस्तारकाे मुक्तकण्ठले प्रशंसा गर्दै निलवाराही जंगललाई बाग्मती प्रदेशकै उत्कृष्ट तालिम केन्द्रकाे बिकास गर्न सकिने धारणा व्यक्त गरे ।
कार्यक्रमका अर्का अतिथि बागमती प्रदेश स्काउटका प्रमुख शिवकुमार त्वायनाले देशव्यापी रूपमा नेपाल स्काउटकाे संख्यात्मक एवम् गुणात्मक वृद्धि भईरहेकाे चर्चा गरे ।
स्थानीय प्रमुख अायुक्त तुल्सीहरि प्रजापतिकाे सभापतित्वमा सम्पन्न उक्त उद्घाटन समाराेह स्काउटर सुराेज श्रेष्ठले सञ्चालन गर्नुभएकाे थियाे । यसअघि अाधारभूत स्काउट तालिम मिति २०७९ पुस २५ देखि ३० गतेसम्म सञ्चालन भएकाे थियाे ।

