२०८३, कार्तिक १५ गते आइतबार

पेट्रोल र डिजेलमा प्रतिलिटर एकका दरले हरित कर लाग्ने

पेट्रोल र डिजेलमा प्रतिलिटर एकका दरले हरित कर लाग्ने


  • मेरोभ्यूज
  • जेठ १५, २०८१ मंगलबार

  • पेट्रोल र डिजेलमा प्रतिलिटर एकका दरले हरित कर लाग्ने

    काठमाडाैं । सरकारले पेट्रोलियम पदार्थ, कोइलालगायतका सामग्रीमा हरित कर लगाएको छ । अर्थमन्त्री वर्षमान पुनद्वारा आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आर्थिक विधेयक–२०८१ मा पेट्रोल, डिजेलमा प्रतिलिटर रु एकका दरले हरित कर लगाउने उल्लेख छ ।

    जैविक इन्धनको प्रयोगलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ उक्त कर लगाउने प्रस्ताव गरिएको जनाइएको छ । यो करसँगै पेट्रोलियम पदार्थको मूल्यमा चाप पर्नेछ । यस्तै फर्नेस आयल, बेस आयलमा शून्य दशमलव पाँच प्रतिशत र लुब्रिकेन्ट आयलमा एक प्रतिशत बराबर हरित कर लाग्ने छ ।

    पेट्रोलियम तेल र बिटुमिनयुक्त खनिजबाट प्राप्त तेल, ७० प्रतिशत वा सोभन्दा बढी पेट्रोलियम तेलमा पनि एक प्रतिशत कर लाग्ने विधेयकमा उल्लेख छ ।


    प्रकाशित : मंगलबार, जेठ १५ २०८११०:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार