२०८३, कार्तिक १५ गते आइतबार

उमेर पुर्याएर विवाह गर्ने जोडीलाई सम्मान

उमेर पुर्याएर विवाह गर्ने जोडीलाई सम्मान


  • मेरोभ्यूज
  • जेठ २१, २०८१ सोमबार

  • उमेर पुर्याएर विवाह गर्ने जोडीलाई सम्मान

    गुल्मी । यहाँको मदाने गाउँपालिका-१ स्थित अग्लुङ गाउँमा उमेर पुर्याएर विवाह गर्ने जोडीलाई वडा कार्यालयले सम्मान गरेको छ ।

    शैक्षिक उत्प्रेरणा कार्यक्रमअन्तर्गत सामाजिक सचेतनाका लागि २० वर्ष उमेर पूरा गरी विवाह गरेका तीन जोडी नवविवाहित दम्पतीलाई वडा कार्यलयले सम्मान गरेको वडाध्यक्ष सुशील चन्दले जानकारी दिए ।

    ‘विवाहबारी-२० वर्ष पारी’ भन्ने मूल उद्देश्यका साथ बालविवाह न्यूनीकरण गर्न वडा कार्यालयले उक्त कार्यक्रम गरेको उनले बताए ।

    वडाले असल बुहारी तथा छोरीलाई पनि सम्मान गरेको छ ।

     वैदेशिक रोजगारीमा छोराहरु जाने तथा बुहारीहरु छोराछोरी पढाउन सहर पस्ने चलन बढेको छ ।

     बुहारीहरु सहर पसेपछि गाउँमा वृद्धवृद्धाहरु मात्रै हुन थालेकाले वृद्ध बुबाआमाले दुःख पाएको अवस्थामा सासूससुरा तथा बुबाआमासँगै रहेर पालनपोषण गरेका बुहारी तथा छोरीहरुलाई वडाले सम्मान गरेको हो ।

     शैक्षिक उत्प्रेरणा कार्यक्रममार्फत १० जना असल बुहारीलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।

    वडाले उत्कृष्ट शिक्षक, उत्कृष्ट किसान, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी र उत्कृष्ट सामाजिक सङ्घसंस्थालाई समेत सम्मान गरेको छ ।

    विभिन्न विधामा रहेर वडाका लागि योगदान गरेकाहरुलाई दोसल्ला सम्मानपत्रसहित सम्मान गरिएको वडाध्यक्ष चन्दले जानकारी दिए ।

     कार्यक्रममा एसइईमा उत्कृष्ट हुने विद्यार्थीलाई रु १० हजार, कक्षा ८ मा उत्कृष्ट हुनेलाई रु पाँच हजार तथा कक्षा ५ मा उत्कृष्ट हुने विद्यार्थीलाई रु तीन हजार नगदसहित सम्मान गरिएको छ ।


    प्रकाशित : सोमबार, जेठ २१ २०८१०९:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार