२०८३, कार्तिक १५ गते आइतबार

रामेछापको मन्थलीमा रहेका परियार समुदायका २० जनालाई पञ्चेबाजा बनाउने तालिम

रामेछापको मन्थलीमा रहेका परियार समुदायका २० जनालाई पञ्चेबाजा बनाउने तालिम


  • मेरोभ्यूज
  • आषाढ ११, २०८१ मंगलबार

  • रामेछापको मन्थलीमा रहेका परियार समुदायका २० जनालाई पञ्चेबाजा बनाउने तालिम

    रामेछाप । रामेछापको मन्थलीमा रहेका परियार समुदायका २० जनालाई मादल, टेम्को, ढोलक र दमाहा बनाउने तालिम दिइएको छ ।

    सीप प्रदान गरेर गाउँमै स्वरोजगार सिर्जना गर्ने उद्देश्यसहित मन्थली नगरपालिकाले पालिका क्षेत्रका २० जनालाई २० दिने तालिम दिएको उपप्रमुख ईश्वरी बस्नेतले जानकारी दिए ।

    तालिमका क्रममा पञ्चेबाजामा प्रयोग हुने दमाहा, टेम्को र ढोलक, सनाइ, झ्याम्टालगायतका परम्परागत बाजा बनाउन सिकाइएको उनले बताए ।

    यी सामान लाम्पातेको काठ, बाख्रा, गोरु, भैँसीलगायत जनावरको छालाबाट बनाउने गरिन्छन् । कच्चापदार्थको अभाव, छाला ढुवानीलगायत समस्याका कारण पछिल्लो समय यो पेसा सङ्कटमा छ ।

    तालिमका प्रशिक्षक जब्बरबहादुर वादीले कच्चा पदार्थको अभाव र नयाँ पुस्ताको अरुचिका कारण पेसा सङ्कटमा पर्न थालेको बताए ।

    “एकातिर यो पेसामा लाग्नेहरुलाई हेयको दृष्टिले हेर्ने परम्परागत सोच छ । यसकारण धेरै युवा चाहेर पनि यो पेशामा लाग्दैनन्, लागेकाहरु पनि कच्चापदार्थ नपाउनेलगायत समस्यका कारण पलायन हुँदैछन् । अर्कोतिर आधुनिक बाजाले हाम्रा परम्परागत बाजाको महत्व पनि विस्तारै कम हुँदै गएको आभास हुन थालेको छ”, उनले भनाइ रह्ये ।


    प्रकाशित : मंगलबार, आषाढ ११ २०८१०८:५७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार