काठमाडौँ । नेपाली सङ्गीतमा परिचित पप गायक ओम विक्रम विष्टले ४० वर्षअघि शब्द र सङ्गीत दिएको ‘मलाई छोडी दू्र नजाउ’ गीतको श्रव्यदृश्य सामग्री सार्वजनिक गरिएको छ ।
पप सम्राट भनेर चिनिने गायक विष्टको उपस्थितिमा सार्वजनिक गरिएको श्रव्यदृश्यको विजयराज भूर्तेलले निर्देशन गरेको छ ।
सोही कार्यक्रममा गायक शशी गुरुङको स्वरमा रहेको अर्को श्रव्यदृश्यसमेत सार्वजनिक गरियो । भूषण खरेलको शब्द, जेम्स प्रधानको सङ्गीत रहेको गीतको श्रव्यदृश्यमा जेम्स प्रधानको निर्देशन रहेको छ । ६७ वर्षीय गायक शशी गुरुङ ४७ वर्षदेखि सङ्गीत क्षेत्रमा संलग्न हुनुहुन्छ । उनले करिब एक सय गीत रेकर्ड गरिसकेको छ ।
गायक गुरुङ सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी नायब उपरीक्षक पदबाट अवकाश हुन ।
गीतकार दिनेश अधिकारी, श्रीपुरुष ढकाल र सङ्गीतकार राजु सिंहले ६७ वर्षको उमेरमा पनि गायक शशी गुरुङको सङ्गीतप्रतिको समर्पण अनुकरणीय रहेको भन्दै प्रशंसा गरे ।

