२०८३, कार्तिक १५ गते आइतबार

पूर्वखोला गाउँपालिका-६ हेक्लाङका अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग

पूर्वखोला गाउँपालिका-६ हेक्लाङका अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग


  • मेरोभ्यूज
  • आषाढ २३, २०८१ आइतबार

  • पूर्वखोला गाउँपालिका-६ हेक्लाङका अग्निपीडितलाई प्रवासी नेपालीको सहयोग

    पाल्पा । पूर्वखोला गाउँपालिका-६ हेक्लाङका अग्निपीडित छ परिवारलाई प्रवासी नेपालीले सहयोग गरेका छन् ।

    हङकङमा रहेका नेपालीले हङकङ मगर सङ्घ र पाल्पा श्रीनगर समाजले रु दुई लाख ३० हजार नगद सङ्कलन गरेर पीडितलाई प्रदान गरेका हुन् ।

     दुवै संस्थाले अग्निपीडित परिवारलाई राहतस्वरुप उक्त रकम लत्ताकपडा उपलब्ध गराएका हुन् । गत वैशाखामा भएको आगलागीबाट हेक्लाङ खुमडाँडाका छ वटा घर नष्ट थिए । आगो जङ्गलबाट फैलिएको हो । दातृ संस्थाकी पदाधिकारी, पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप राना, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्यको उपस्थितिमा नगद र लत्ताकपडा प्रदान गरिएको हो ।


    प्रकाशित : आइतबार, आषाढ २३ २०८१०८:३२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार