२०८३, कार्तिक १५ गते आइतबार

कैलालीको लम्कीचुहा-१ का ढकाल ‘ड्रागन’खेतीबाट प्रशस्त आम्दानी गदै

कैलालीको लम्कीचुहा-१ का ढकाल ‘ड्रागन’खेतीबाट प्रशस्त आम्दानी गदै


  • मेरोभ्यूज
  • आषाढ २३, २०८१ आइतबार

  • कैलालीको लम्कीचुहा-१ का ढकाल ‘ड्रागन’खेतीबाट प्रशस्त आम्दानी गदै

     लम्की । राजनीतिसँगै ड्रागन फल खेतीमा लागेका कैलालीको लम्कीचुहा- १ का गणेश ढकाललाई यति बेला भ्याइनभ्याइ छ ।

    राजनीतिकसँगै उत्पादनसहितको आयआर्जनमा जोडिनु पर्छ भनेर ढकालले तीन वर्षअघि विसं २०७८ देखि ड्रागन फल खेती सुरु गर्नुभएको थियो । यस क्षेत्रमा धेरैलाई ड्रागनखेती गर्नुपर्छ भन्ने थाहा थिएन तर विभिन्न माध्यमबाट उक्त खेतीबारे जानकारी पाएका ढकालले तीन वर्षअघि रु सात लाख लगानी गरेर व्यवसाय सुरु गर्नुभएको थियो ।

    किसान ढकालले दाङ र बाँकेबाट आठ सय बिरुवा ल्याएर खेती सुरु गरेको जानकारी गराए ।

     ती बिरूवाले यतिखेर प्रशस्त उत्पादन दिइरहेका छन् । ‘भूमिपुत्र कृषि तथा पशुपक्षी फर्म ड्रागन पार्क’ नामक फार्म स्थापना गरेर ड्रागनको खेती सुरू गरेका ढकालले एक वर्षमै फल र बिरूवा बेचेर मनग्य आम्दानी भइरहेको जानकारी दिए ।

    किसान ढकालको फार्ममा ‘मलेसियन रेड’ प्रजाति रातो फलको ड्रागन लटरम्मै फलेको छ । साथै यो वर्षदेखि उनले ‘हाईब्रेड सि’ रेड प्रजाति रातो फलको ड्रागन फलसमेत लगाएको जानकारी गराए । “यस क्षेत्रमा कसैले पनि ड्रागन खेती गरेका थिएनन् तर माग भने बढ्दो थियो, त्यसै कारण तीन वर्ष अगाडि व्यवसाय सुरुआत गरेँ ।

    पहिलोपटक खेती गर्न लागेकाले सफल होला वा नहोला भन्ने अन्योल र चिन्ता थियो तर अहिले राम्रो आम्दानी दिइरहेको छ, यति छिटो आम्दानी देला भन्ने सोचैकै थिइन”, ढकालले भने ।

    विसं २०४७ सालदेखि विद्यार्थी राजनीतिमा लागेको बताउने ढकाल १० बर्से जनयुद्धमा समेत सामेल भए ।

    किसान ढकाल विप्लव सी नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीमा आवद्ध हुनुहुन्छ । पार्टी कामकै सीलसीलामा देशका विभिन्न भागमा जानेक्रममा दाङ र बाँकेमा गरिएको ड्रागन फल खेतीबाट सामान्य जानकारी पाएपछि आफैँंले खेती सुरु गरेको ढकालले जानकारी गराए ।

    पानी नजम्ने बलौटे माटोमा फल्ने ड्रागन फलले वैशाखदेखि कात्तिकसम्म फल दिने गरेको छ । स्वादिलो तथा पोषिलो यो फलको माग राम्रो रहेको थाहा पाएपछि यसतर्फ लागेका ढकालले वार्षिक आठ क्वीन्टलसम्म फलको कारोबार गरिसकेको छ ।

    ढकालले पहिलो वर्षमा ६० किलोग्राम फल बेचेर रु चार लाखबढी आम्दानी गरेको बताए ।

    दोस्रो वर्षमा आठ क्वीन्टल फल र एक हजार बिरुवा बेचेर रु छ लाख आम्दानी गरेका ढकालले यो वर्ष १६ क्वीन्टल फल र तीन हजार बिरुवा बिक्री गरी १२ देखि १५ लाखसम्म आम्दानी गर्ने लक्ष्य रहेको सुनाए ।

    बजारमा ड्रागन फल प्रतिकिलो रु सात सय ५० पर्ने गरेको छ तर उनले बारीबाटै रु छ सय ५० मा बिक्री गरिरहेको छ भने बिरुवा दुई सय ५० मा बेचिरहेएको छ ।

    ढकालले तीन जनालाई रोजगारीसमेत दिएको छ । उनले एउटा बोटमा पाँच किजीसम्म फल लाग्ने गरेका र उत्पादित फल स्थानीय लम्की बजारका साथै धनगढी, नेपालगञ्ज र सुर्खेतसम्म पठाउने गरेको जानकारी दिए ।

    स्थानीय र जिल्लामा रहेका बजारका साथै टाढाबाट पनि माग आइरहेको छ तर सीमित उत्पादनका कारण मागपूर्ति गर्न सकेको छैन । खेती विस्तार गर्ने योजनाबारे सोच्दैछु”, किसानले जानकारी दिए ।


    प्रकाशित : आइतबार, आषाढ २३ २०८१०८:३४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार