२०८३, कार्तिक १५ गते आइतबार

प्रेस युनियन युरोपको अध्यक्षमा कँडेल

प्रेस युनियन युरोपको अध्यक्षमा कँडेल


  • मेरोभ्यूज
  • श्रावण १, २०८१ मंगलबार

  • प्रेस युनियन युरोपको अध्यक्षमा कँडेल

    लिस्बन । नेपाल प्रेस युनियन युरोप शाखाको प्रथम अधिवेशनले सञ्जयभक्त कँडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । 

    आईतवार जुममार्फत सम्पन्न भएको अधिवेशनले कँडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

    जसको वरिष्ठ उपाध्यक्षमा सिद्धार्थबिक्रम क्षेत्री, उपाध्यक्षमा विकास लम्साल, भरत प्रधान र सबिना श्रेष्ठ चयन भएको छ ।

    अधिवेशनले शाखाको महासचिवमा प्रबल भट्टराईलाई चयन गरेको छ भने उपमहासचिवमा प्रतीक लामिछाने चयन भएको छ ।

    यस्तै सचिवमा मिलन शर्मा र कोषाध्यक्षमा सुजन पराजुलीलाई सर्वसम्मत चयन गरेको छ ।

    शाखाको सदस्यहरुमा कञ्चन प्रसाई, आशिष बस्नेत, विजय शर्मा, पुस्तक रेग्मी, रोहन बानिया, नवराज काफ्ले, हरिप्रसाद पाण्डे र चक्र गुरुङ्ग सर्वसम्मत चयन भएको छ । 

    अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।


    प्रकाशित : मंगलबार, श्रावण १ २०८११०:१०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार