२०८३, कार्तिक १५ गते आइतबार

श्रममन्त्री भण्डारीद्वारा आइएलओको सहयोगप्रति आभार प्रकट

श्रममन्त्री भण्डारीद्वारा आइएलओको सहयोगप्रति आभार प्रकट


  • मेरोभ्यूज
  • श्रावण ४, २०८१ शुक्रबार

  • श्रममन्त्री भण्डारीद्वारा आइएलओको सहयोगप्रति आभार प्रकट
     
    काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को नेपाल निर्देशक नुमान ओज्कानले आज शिष्टाचार भेट गरेका छन् । श्रम मन्त्रालयमा आज भएको सो भेटमा उनीहरुबीच श्रम आप्रवासनका विविध विषयमा विचार विमर्श भएको थियो । 
     
    सो क्रममा श्रम मन्त्री भण्डारीले व्यवसायजन्य सुरक्षा, बालश्रम निवारण तथा मर्यादित कामका क्षेत्रमा आइएलओले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे । भेटमा आइएलओका नेपाल निर्देशक ओज्कानले नेपाल आइएलओको ‘गभर्निङ बडी’मा निर्वाचित भएकामा बधाई दिएका थिए । 


    प्रकाशित : शुक्रबार, श्रावण ४ २०८१०९:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार