२०८३, कार्तिक १५ गते आइतबार

व्यास नगरपालिका-५ ढोडेनीकी किसान गौलीले ड्रागन फ्रुट बिक्रीबाट वार्षिक रु १६ लाख आम्दानी गर्छन्

व्यास नगरपालिका-५ ढोडेनीकी किसान गौलीले ड्रागन फ्रुट बिक्रीबाट वार्षिक रु १६ लाख आम्दानी गर्छन्


  • मेरोभ्यूज
  • श्रावण ८, २०८१ मंगलबार

  • व्यास नगरपालिका-५ ढोडेनीकी किसान गौलीले ड्रागन फ्रुट बिक्रीबाट वार्षिक रु १६ लाख आम्दानी गर्छन्

    तनहुँ । जिल्लाको व्यास नगरपालिका-५ ढोडेनीकी किसान कल्पना गौलीले ड्रागन फ्रुट (सिउँडी) फल बिक्रीबाट गत वर्ष रु १६ लाख आम्दानी गरेको छ ।

     नौ रोपनी क्षेत्रफलमा लगाइएका दुई हजार एक सय बिरुवाबाट उनले रु १६ लाख आम्दानी गरेको हो ।

    ड्रागन फ्रुटका दाना पाक्न थालेपछि टिप्न र बिक्री गर्न यो समयमा भ्याइनभ्याइ हुने गरेको किसान गौलीले बताए ।

     ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी विसं २०७९ मा भारतको हैदराबादबाट ‘सी’ प्रजातिका बिरुवा ल्याएर खेती सुरु गरेको उनले जानकारी दिए ।

    "मासिक रु २० हजार बुझाउने सम्झौता अनुसार २० वर्षका लागि जग्गा भाडामा लिएर व्यावसायिकरुपमा खेती गर्दै आएको छु”, गौलीले भने ।

     अघिल्लो वर्ष रु १६ लाख बराबरको ड्रागन फ्रुट बिक्री गरेको जनाउँदै यस वर्ष फल राम्रो लागेकोले रु २० लाख बराबरको बिक्री हुने अपेक्षा गरेको छु ।

    “वैशाखदेखि ड्रागन फुल्न सुरु गर्छ, फूल फुलेको ६० दिनको अवधिमा पाक्छ र टिप्न लायक हुन्छ”, उनले भने, “असारदेखि मङ्सिर छ महिनासम्म फल टिप्न सकिन्छ ।”  

    यसवर्ष पहिलो छिमालमा ३५, दोस्रो छिमालमा एक हजार र तेस्रो छिमालमा एक हजार किलोग्राम ड्रागन फ्रुट टिपिसकेको उनले जानकारी दिए ।

    उनका अनुसार ड्रागन फ्रुट तेह्र छिमालसम्म टिप्न सकिन्छ । अधिकांशले फार्ममै आएर खरिद गरी लैजाने गरेका गौलीले बताए । बाँकी रहेका फल दमौलीका फलफूल र तरकारी व्यवसायीलाई बिक्री गर्ने गरेको उनले जानकारी दिए ।

     “ड्रागन बिक्रीका लागि अन्यत्र लैजानु परेको छैन् । उत्पादित फल दमौलीमा नै खपत हुने गरेको छ”, उनले भने । गौलीका अनुसार फार्ममा दैनिक दुई जना कामदारले नियमित रोजगारी पाएका छन् । उत्पादित ड्रागन फ्रुट ग्रेडिङ गरेर प्रतिकिलोग्राम रु पाँचसयदेखि रु सात सयसम्म बिक्री गर्ने गरिएको उनले जानकारी गराए ।

    अवलोकनकोरुपमा विकास हुँदै पछिल्लो समय गौलीको फार्म अवलोकन केन्द्रका रुपमा विकास हुँदै गएको छ ।

     विद्यालय र कलेजका विद्यार्थी, शिक्षक तथा स्थानीय अवलोकन गर्न यहाँ आउने गरेका छन् ।

    ड्रागन फ्रुटका बारेमा जानकारी लिन सरकारी कार्यालयका कर्मचारी, विभिन्न सङ्घ/संस्थाका प्रतिनिधिसमेत फार्ममा आउने गरेको किसान गौलीले बताए ।


    प्रकाशित : मंगलबार, श्रावण ८ २०८१०८:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार