२०८३, कार्तिक १५ गते आइतबार

स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम

स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम


  • मेरोभ्यूज
  • श्रावण ११, २०८१ शुक्रबार

  • स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ । 

    निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा सुरु भएको तालिम तीन दिनसम्म चल्नेछ ।

    अन्तर्राष्ट्रिय श्रम संगठन (सशक्त महिला सम्वृद्ध नेपाल) परियोजना र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौँबीच भएको सम्झौता वमोजिम नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशको आयोजनामा तीन दिने तालिमा सुरु भएको हो ।

    निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिमको उद्घाटन सत्रको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशको कार्यसमिति सदस्य तथा लम्की उद्योग वाणिज्य संघको अध्यक्ष पदमराज चौलागाईले गरेको थियो भने कार्यक्रमको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य तथा महिला उद्यमी विकास समिति संयोजक कमला श्रेष्ठले गरेकोे थियो ।

    कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई तथा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गगन देव भट्टको पनि आतिथ्यका रुपमा उपस्थिति रहेको थियो ।

    तीन दिनसम्म संचालन हुने तालिमको उदेश्य र नेपाल उद्योग वाणिज्य महासंघको परिचयसहितको भनाइ महासंघका सहायक निर्देशक हरि पौडेलले राखेको थियो । तालिमको प्रमुख प्रशिक्षकको रुपमा आस्था भट्ट रहेको छ ।

    प्रमुख अतिथिले उदघाटन सत्रमा स्याहार अर्थतन्त्रमा अव सरकार र निजिक्षेत्र गम्भिर भएर यसको आवश्यक कार्यविधि बनाई प्रत्यक्ष आर्थिकमा नजोडिएको तर ठूलो हिस्सा अर्थतन्त्र र आर्थिक क्रियाकलापसँग जोडिएको विषय भएको हुँदा अव स्याहार अर्थतन्त्रलाई राष्ट्रको विषय बनाउन आवश्यक रहेको र यसलाई सहजिकरण र आवश्यक सहयोग गर्न निजी क्षेत्र तयार रहेको विषय जानकारी गराएको थियो । तालिममा सुदुरपश्चिमका उद्योगी व्यवसायी सरकारी तथा गैरसरकारी गरी जम्मा ३० जनाको सहभागिता रहेको थियो ।


    प्रकाशित : शुक्रबार, श्रावण ११ २०८१०९:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार