२०८३, कार्तिक १५ गते आइतबार

नरैनापुरस्थित सन्तानेश्वरमा धार्मिक पर्यटकको चहलपहल

नरैनापुरस्थित सन्तानेश्वरमा धार्मिक पर्यटकको चहलपहल


  • मेरोभ्यूज
  • श्रावण १२, २०८१ शनिबार

  • नरैनापुरस्थित सन्तानेश्वरमा धार्मिक पर्यटकको चहलपहल

    बाँके ।  साउन महिना सुरु भएसँगै नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ ।

    नेपालगञ्जदेखि ३० किलोमिटर टाढा अवस्थित उक्त मन्दिर पुग्न करिब ६ किलोमिटर जङ्गलको कच्ची बाटो र त्यसपछि दुई किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ । सन्तानेश्वरमा पूजाआजा गर्नेको भीड लाग्ने गरेको छ । हिजो बाँके, बर्दिया, दाङलगायत भारतबाट पजि भक्तजन आएका मुख्य पुजारी योगानन्द गिरीले जानकारी दिए ।

    धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको सन्तानेश्वर पुग्ने सडक सहज नहुँदा समस्या भएको नरैनापुरका सोहनलाल यादव बताउछ ।

    पहाडको माथिल्लो भागमा रहेको मन्दिरबाट जङ्गलका साथै मनोरम प्राकृतिक दृश्य देख्न सकिन्छ ।

    यसैबीच, बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले सन्तानेश्वरमा धार्मिक पर्यटन प्रवद्र्धनका निम्ति हरसम्भव काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

     राप्ती सोनारी गाउँपालिकास्थित भुवर भवानी, नेपालगञ्जको बागीश्वरी र नरैनापुरको सन्तानेश्वर महादेवलाई जोडेर धार्मिक पर्यटन क्षेत्र बनाउन आफू क्रियाशील रहेको बताए ।


    प्रकाशित : शनिबार, श्रावण १२ २०८१११:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार