२०८३, कार्तिक १५ गते आइतबार

विश्व सम्पदास्थल स्वयम्भू क्षेत्रमा एक हजार बिरुवा वृक्षरोपण

विश्व सम्पदास्थल स्वयम्भू क्षेत्रमा एक हजार बिरुवा वृक्षरोपण


  • मेरोभ्यूज
  • श्रावण १६, २०८१ बुधबार

  • विश्व सम्पदास्थल स्वयम्भू क्षेत्रमा एक हजार बिरुवा वृक्षरोपण

    काठमाडौं । विश्व सम्पदास्थल स्वयम्भू क्षेत्रमा एक हजार बिरुवा रोपिएका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा धुपी, चाँपलगायत १२ प्रजातिका बिरुवा रोपिएकाे हाे । 

    जिल्ला वन डिभिजन कार्यालय, यामाहा बी फार्म एण्ड योकोहामा सिटी युनिभर्सिटी अफ जापानको समन्वयमा भएको वृक्षरोपण कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, महासमितिका पदाधिकारी र कर्मचारीले वृक्षराेपण गरेका थिए । 

    काठमाडौं-१५ का वडाध्यक्ष इश्वरमान डङ्गोलले भू-क्षय नियन्त्रणमा वृक्षरोपण महत्त्वपूर्ण हुने तथा स्वयम्भू क्षेत्रमा हरियाली कायम गर्न सहयोग पुग्ने बताए । महासमितिका महासचिव अशोक बुद्धाचार्यले स्वयम्भू चैत्यको रु ५० लाखको लागतमा जीर्णोद्वार सम्पन्न गरिएको जानकारी दिँदै यस क्षेत्रमा आयोजना हुने परम्परागत मेला पर्वलाई अझ व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना सुनाए ।


    प्रकाशित : बुधबार, श्रावण १६ २०८१०९:२५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार