२०८३, कार्तिक १५ गते आइतबार

भैँसी व्यापारबाट वार्षिक रु ३० देखि ३५ लाखसम्मको कारोबार गरेर खर्च कटाएर रु पाँच लाख बढी आम्दानी गर्छन

भैँसी व्यापारबाट वार्षिक रु ३० देखि ३५ लाखसम्मको कारोबार गरेर खर्च कटाएर रु पाँच लाख बढी आम्दानी गर्छन


  • मेरोभ्यूज
  • श्रावण १९, २०८१ शनिबार

  • भैँसी व्यापारबाट वार्षिक रु ३० देखि ३५ लाखसम्मको कारोबार गरेर खर्च कटाएर रु पाँच लाख बढी आम्दानी गर्छन

    दाङ । जिल्लाको गढवा गाउँपालिका-४ का ५६ वर्षीय महाबुव अली मुसलमानले भैँसीको व्यापार गर्न थालेको ३२ वर्ष भयो ।

    उनले हरेक वर्ष घोराही उपमहानगरपालिका-१८ नवलपुरस्थित कटुवाखोला किनारमा बिक्रीका लागि भैँसी ल्याउने गर्छन ।

    हरेक वर्ष जेठदेखि कार्तिकसम्म यहाँ भैँसी बिक्री गर्न आउने गरेको मुसलमानले बताए ।

    “लामो समयदेखि भैँसी पालनसँगै व्यापार पनि गर्दै आएको छु । अहिले वार्षिक रु ३० देखि ३५ लाखसम्म आम्दानी हुन्छ” ।

    उनले भने, “घरमा पनि सधैँ दुई-चारवटा भैँसी भइरहने भएकाले दूध, दही बिक्रीबाट पनि आर्य-आर्जनमा सहयोग पुगेको छ ।”

    देउखुरी क्षेत्रबाट आफूसहित अन्य व्यापारीले पनि यहाँ दुहुना भैँसी बिक्रीका लागि ल्याउने गरेको मुसलमानले जानकारी दिए ।

     कटुवा खोलाबाट रु एक सय प्रतिलिटरका दरले दैनिक दूधसमेत बिक्री गर्ने गरेको उनले बताए ।

    अन्य समयमा भन्दा असार, साउनमा बढी भैँसी बिक्री हुँदै आएको मुसलमानको भनाइ छ ।

    “यो वर्ष १२ वटा भैँसी बिक्री भइसकेका छन्”, उनले भने, “यहाँ ल्याइएका भैँसी बिक्री गरेर सकियो भने फेरि देउखुरी लिन जाने गर्छौं । बुबाबाजेले गर्दै आएको भैँसीपालन पेसालाई निरन्तरता दिँदै आएका हौँ ।”

    मुसलमानले एउटा भैँसीको रु ६० हजारदेखि रु दुई लाखसम्म पर्ने बताए । उनका अनुसार कटुवाखोला किनारमा भैँसी किन्न दाङका साथै रोल्पा, प्युठान, सल्यान, रुकुमलगायत जिल्लाबाट ग्राहक आउने गरेका छन् ।

     वार्षिक रु ३० देखि ३५ लाखसम्मको कारोबार हुने गरेको बताउँदै उनले सबै खर्च कटाएर रु पाँच लाख बढी आम्दानी हुने गरेको जानकारी दिए ।

    घरका अन्य सदस्यले घरपालुवा पशुको हेरचाह गर्ने मुसलमानको भनाइ छ । उनले छ महिना घरबाट र छ महिना घोराहीमा आएर भैँसी बेच्ने गर्ने गरेको सुनाए ।

     दाङको गढवा गाउँपालिका-४ बाट मात्रै अहिले २० जनाबढी व्यापारी घोराही आएर भैँसीको व्यापार गर्छन ।

     मुसलमानले ‘रोशनी पशु खरिद बिक्री केन्द्र तथा पशु फार्म’ दर्ता गरी भैँसीको व्यवसायिक व्यापार गर्दै आएको हो ।

    लामो समयदेखि पशुपालन क्षेत्रमा लागेका उनले आय-आर्जन राम्रो हुँदै गएको बताए ।

    देउखुरी क्षेत्रको राजपुर, राप्ती, गढवालगायत क्षेत्रका अधिकांश किसानले व्यवसायिकरुपमा भैँसीपालन गर्दै आएका छन् ।


    प्रकाशित : शनिबार, श्रावण १९ २०८१०३:१८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार