२०८३, कार्तिक १५ गते आइतबार

उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ताको खोजी जारी

उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ताको खोजी जारी


  • मेरोभ्यूज
  • श्रावण १९, २०८१ शनिबार

  • उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ सिङ्लास्थित रेसेमा पहिरोमा बेपत्ताको खोजी जारी

    गोरखा ।  उत्तरी गोरखाको धार्चे गाउँपालिका-५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी सुरु गरिएको छ ।

    भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार दिनभर खोजी गरिए पनि फेला पार्न नसकिएपछि अहिले खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

    बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयवासी जुटेको उनले बताए ।

     “पहिरोले घर तथा कृषि फार्म धेरै पुरिएकाले बेपत्ता भएकाको अवस्था पत्ता लगाउन कठिन भइरहेको छ”, उनले भने, “दिनभर खोजी गर्दा केही पत्ता लागेन, फेरि खोजीकार्य थालेका छौँ ।”

    बेपत्ताको खोजीका लागि ‘जेसिवी मेसिन’को प्रयोग गरिएको उनले बताए । आइतबार राति डाँडाबाट खसेको लेदोसहितको पहिरोले स्थानीय जीतबहादुर गुरुङको कृषि फार्म र एक घर बगाउँदा उनीसहित ३५ वर्षीया कान्छी गुरुङ, ६० वर्षीय सुलाल कान्छा गुरुङ, ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार बेपत्ता भएका थिए ।

    डाँडाबाट खसेको पहिरो बुढीगण्डकी नदीसम्म पुगेकाले बेपत्ता भएकाहरूलाई नदीको बगाएको हुन सक्ने अनुमान गरिएको छ ।

     प्रहरीले बुढीगण्डकी नदी किनार आसपासका क्षेत्रमा पनि बेपत्ताको खोजी थालेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।


    प्रकाशित : शनिबार, श्रावण १९ २०८१०८:१६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार