२०८३, कार्तिक १५ गते आइतबार

बेतबाँसका सामग्रीबाट आत्मनिर्भर ललिता

बेतबाँसका सामग्रीबाट आत्मनिर्भर ललिता


  • मेरोभ्यूज
  • श्रावण १९, २०८१ शनिबार

  • बेतबाँसका सामग्रीबाट आत्मनिर्भर ललिता

    कैलाली । धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीकी ललिता चौधरीले लामो समयदेखि व्यावसायिकरुपमा बेतबाँस हस्तकला उद्यम सञ्चालन गर्दै आएको छ ।

    बेतबाँसबाट विभिन्न सामग्री उत्पादन गर्दै आएकी उनलाई श्रीमान् र परिवारको साथ सहयोग छ ।

    बेतका सामग्री बनाउने उनले अहिलेसम्म कुनै पनि तालिम लिएको छैन । सुरुमा दिदीको काममा सहयोग गर्दै आएकी उनले काम सिकेपछि उद्यम सुरु गरेको हो ।

     विसं २०७५ मङ्सिरमा घरेलु कार्यालय धनगढीमा फार्म दर्ता गरी उनले उद्यम सुरु गरेको हो र उनको घरपरिवारको सम्पूर्ण खर्च धान्ने स्रोत यही बेतबाँस उद्योग बनेको छ । दुई छोरी, एक छोरा, श्रीमान् र आफूसमेत गरी पाँच जनाको उनको परिवार छ ।

    “व्यवसाय सुरु गर्दा आर्थिकस्थिति एकदमै कमजोर थियो । फर्म दर्ता गर्न मसँग पैसा थिएन । व्यवसाय गर्नका लागि भतिजासँग रु दुई हजार पाँच सय सापटी मगेकी थिए, सोही रकमबाट टीकापुरको सतिबाट बेतबाँस खरिद गरी व्यवसाय सुरु गरेकी हुँ” उनले सुनाए ।

    “तर अहिले सोही व्यवसायबाट अर्थोपार्जन गरी आत्मनिर्भर बनेको छु, कसैसँग हात फैलाउनु परेको छैन, घरपरिवारको पूरै खर्च यही व्यवसायले धानेको छ ”।

    सुरुका दिनमा बेतबाट निर्माण गरेका सामग्रीले बजार पाउन कठिन भए पनि अहिले भने यसको माग बढ्दै गएको उनले सुनाए ।

    यही उद्यमबाट छोराछारीलाई धनगढीको राम्रो बोर्डिङ स्कुलमा पढाइरहेको उनले बताए । उनले बेतबाट ह्याङगर, फूलदानी, पिर्का, झुलालगायतका सामग्रीको उत्पादन र बिक्री गर्दै आएको छ ।

    “धनगढी सुदूरपश्चिम प्रदेशकै व्यापारिक केन्द्र हो, जहाँ कैलाली, कञ्चनपुरलगायत प्रदेशका पहाडी जिल्लाका मानिस आवत-जावत गर्ने गर्दछन, व्यावसायिक तथा घरायसी प्रयोजनका लागि उनीहरुले आफ्नो पसलबाट बेतका सामग्री खरिद गरी लाने गरेका छन्”, चौधरीले भने ।

     उनले प्रति ह्याङ्गर रु एक हजार पाँच सय, फूलदानी रु चार सय, कुर्सी तीन हजार, पिर्का रु तीन सयमा बिक्री गर्दै आएको छ ।

    बेतबाँसका विभिन्न सामग्री बेचेर मासिक रु ७० हजार बराबरको कारोबार हुने गरेको उनले सुनाए । जसमध्ये ३५ देखि ४० प्रतिशत जति फाइदा हुने गरेको उनले बताए ।


    प्रकाशित : शनिबार, श्रावण १९ २०८१०८:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार