माध्यमिक शिक्षा परीक्षा एसइईमा उत्कृष्ट ८० थारु विद्यार्थीलाई सम्मान
काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट हुने ८० जना थारु समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।
थारु विद्यार्थी सभाले काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी यस वर्षको एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान गरेको हो ।
त्यस अवसरमा उत्कृष्ट एसइईमा ४ जिपिएसहित उत्कृष्ट हुने २० जना थारु विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै पूर्वमन्त्री एवं सांसद भगबती चौधरीले शिक्षा हाँसिल गरेर नै भविष्य निर्माण गर्न सकिने बताए । त्यसैले पढ्ने उमेरमा पढाइमा ध्यान केन्द्रित गर्न सांसद चौधरीले आग्रह गरे ।
प्रकाशित :
मंगलबार, श्रावण २२ २०८११०:३४
मेरोभ्यूज
मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।