२०८३, कार्तिक १७ गते मंगलबार

गाउँपालिकाद्वारा झोलुङ्गे पुल पुनःनिर्माण

गाउँपालिकाद्वारा झोलुङ्गे पुल पुनःनिर्माण


  • मेरोभ्यूज
  • आश्विन ६, २०८१ आइतबार

  • गाउँपालिकाद्वारा झोलुङ्गे पुल पुनःनिर्माण

    सिन्धुपाल्चोक । यहाँको लार्के र इन्द्रावती नदीमा गत असार ३० मा आएको भीषण बाढीले पूर्णरुपमा क्षति पुर्याएको झोलुङ्गे पुल पुनःनिर्माण गरिएको छ ।

    पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङ र वडा नं २ याङ्ग्री जोड्ने झोलुङ्गे पुल गत असार ३० गते इन्द्रावती नदीमा आएको बाढीले क्षति पुर्याएको थियो ।

    बाढीले गाउँपालिकाको तीन वटा झोलुङ्गे पुलमा क्षति पुगेको थियो । बाढीले क्षति पुर्याएको पुलमध्ये गाउँपालिकाकै स्रोतबाट चिण्डे र याङग्रीको पुल पुनःनिमार्ण भइसकेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए ।

    बाढीले क्षति पुर्याएको माकालमा भने मोटरेबल पुल निमार्ण गर्न बोलपत्र आह्वान गर्ने तयारी गरिएको अध्यक्ष लामाले बताए ।

    वडा नं २ को याङ्ग्री, सुनचौर, डाले, ब्राथोर, रिपारलगायतका स्थानीय हिँड्नका लागि प्रयोग हुने एकमात्र झोलुङ्गे पुलमा क्षति पुगेपछि समस्या भएको स्थानीय केशाङ तामाङले बताए ।

    तामाङका अनुसार विद्यार्थी, स्थानीय र धार्मिकस्थल आमायाङ्ग्री जाने पर्यटकलाई समस्या भएको थियो ।

    पुलमा क्षति पुगेपछि सङ्घ र प्रदेश सरकारलाई पटक–पटक आग्रह गरेपनि सुनुवाइ नभएको गाउँपालिका अध्यक्ष लामाले बताए । कतैबाट सुनुवाइ नभए पछि गाउँपालिकाकै स्रोत र साधनबाट पुल पुनःनिर्माणको प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ । सो पुलमा विसं २०७८ असार १ गतेको बाढीलेसमेत क्षति पुर्याएको थियो । तात्कालीन अवस्थामा गाउँपालिकाले बजेट विनियोजन गरी पुल निमार्ण गरिएको थियो । त्यसको तीन वर्ष नबित्दै पुनः बाढीले क्षति पुर्याएको हो । एक सय ६२ मिटर लामो पुल रु ३४ लाख लागतमा पुनःनिर्माण गरिएको छ । त्यस्तै वडा नं १ र ६ जोड्ने चिण्डे ६५ मिटर लामो पुल रु १३ लाखमा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।


    प्रकाशित : आइतबार, आश्विन ६ २०८११२:०१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार