२०८३, कार्तिक १७ गते मंगलबार

अल्जाइमर रोग न्यूनीकरणका लागि सरकार र समुदायको सहकार्य आवश्यक

अल्जाइमर रोग न्यूनीकरणका लागि सरकार र समुदायको सहकार्य आवश्यक


  • मेरोभ्यूज
  • आश्विन ७, २०८१ सोमबार

  • अल्जाइमर रोग न्यूनीकरणका लागि सरकार र समुदायको सहकार्य आवश्यक

    गण्डकी  । अल्जाइमर (बिर्सने) रोगको न्यूनीकरणका लागि सरकार र समुदायको सहकार्य आवश्यक रहेकोमा जोड दिइएका छन् ।

    विश्व अल्जाइमर दिवसका अवसरमा पोखरा वृद्धाश्रमद्वारा यहाँ आयोजित कार्यक्रममा मनिपाल शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा देवेशचन्द्र घिमिरेले घरपरिवार, समुदाय एवम् सरकारको सहकार्यमा यसको न्यूनीकरण गर्न सकिने बताए ।

    उनले यस रोगका बारेमा विभिन्न भ्रम रहेकोले यो पूर्व जुनीको पाप वा सरुवा रोग नभएको स्पष्ट पारे ।

    कार्यक्रमका स्रोतव्यक्ति घिमिरेले बिर्सने रोगको तथ्याङ्क नेपालमा विश्वसनीय नरहे पनि संयुक्त राज्य अमेरिकामा यो डरलाग्दो ढङ्गले बढेको बताए ।

    राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घका केन्द्रीय सचिव तथा प्रेस स्वतन्त्रता सेनानी कुसुम केशव पराजुलीले अल्जाइमर रोगको न्यूनीकरण तथा उपचारका लागि सरकार र समुदाय मिलेर काम गर्नुपर्ने बताए ।

    उक्त अवसरमा मनिपालमा अध्ययनरत विद्यार्थी विशेष श्रेष्ठ र उनको समूह, शुक्लेश्वर महादेव मन्दिर व्यवस्थापन समिति अलकापुरका अध्यक्ष विष्णुहरि सापकोटा पूर्वशिक्षक बुद्धि गिरी लगायतले रोट्र्याक संस्थामार्फत जनचेतना जगाउने नाटक मञ्चन गर्नुभएको थियो ।

    कार्यक्रममा गण्डकी ज्येष्ठ नागरिक सङ्घका उपाध्यक्ष धर्मबहादुर गुरुङ, आश्रमका कोषाध्यक्ष भीमप्रसाद सुवेदी, अलकापुर ज्येष्ठ नागरिक दिवासेवाका अध्यक्ष ढकाल, सिद्धिकुमार रेग्मी, थेरापिष्ट शान्ता अधिकारीलगायतले अल्जाइमर समस्या र स्याहारबारे धारणा राख्नुभएको थियो ।

    गण्डकी प्रदेश र पोखराका ज्येष्ठ नागरिकसँग सरोकार राख्ने सङ्घसंस्थाहरु साथै चिकित्सक, नर्स, स्वयम् ज्येष्ठ नागरिकहरूको सहभागिता थियो ।


    प्रकाशित : सोमबार, आश्विन ७ २०८१११:५१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार