२०८३, कार्तिक १७ गते मंगलबार

मूर्ति बनाउन भ्याइ नभ्याइ

मूर्ति बनाउन भ्याइ नभ्याइ


  • मेरोभ्यूज
  • आश्विन १०, २०८१ बिहीबार

  • मूर्ति बनाउन भ्याइ नभ्याइ

    इनरुवा । विश्वकर्मा पूजका लागि मूर्तिकारलाई विश्वकर्माको प्रतिमा बनाउन भ्याइ नभ्याइ छ । सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा विश्वकर्मा पूजाका लागि मूर्ति बनाउन भ्याइ नभ्याइ भएको हो ।

    विशेष गरी कलकारखाना, औजार र उपकरणको काम गर्ने स्थलमा विश्वकर्मा बाबाको माटोको कलात्मक प्रतिमा राखेर पूजाअर्चना गर्ने प्रचलन छ ।

    त्यसैलाई लक्षित गरी यहाँ मूर्ति बनाउन थालिएको हो । विश्वकर्मा पूजा आउन छ दिन बाँकी रहँदा कारोबारमा समेत वृद्धि भएको छ ।

    मूर्तिकार विनोद यादवले मूर्तिको माग बढेपछि यहाँका मूर्तिकारको कारोबार बढेको बताए । “माग बढेपछि विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ छ । हाल मूर्ति किन्नेको भीड पनि त्यत्तिकै बढिरहेको छ”, उनले भन ।

    सो दिन विश्वकर्माको विशेष पूजाआराधना गर्दै उत्सव मनाउने गरिएकोले इनरुवासहित जिल्लाका ग्रामीण तथा सहरी क्षेत्रमा निकै चहलपहल बढेको मूर्तिकार मिथलेश झाले बताए ।

    मूर्तिकारले रु दुई हजारदेखि पाँच हजारसम्मको कलात्मक मूर्ति बनाएका मूर्तिकार राजकुमार यादवले जानकारी दिए ।

    सुनसरीमा पाँच हजारको सङ्ख्यामा विश्वकर्माको मूर्ति निर्माण र खरिद बिक्री हुने गरेको छ ।

    इनरुवामा मात्र पाँच ठाउँमा मूर्ति निर्माण गरेर बिक्री भइरहेका छन् । मूर्तिकारले माटोको कलात्मक मूर्ति निर्माण गरी वार्षिक रु दुई लाखदेखि दुई लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताएका छन् ।


    प्रकाशित : बिहीबार , आश्विन १० २०८११०:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार