२०८३, कार्तिक १७ गते मंगलबार

नेकपा माओवादी केन्द्रद्वारा केन्द्रीय राहत कोष स्थापना

नेकपा माओवादी केन्द्रद्वारा केन्द्रीय राहत कोष स्थापना


  • मेरोभ्यूज
  • आश्विन १४, २०८१ सोमबार

  • नेकपा माओवादी केन्द्रद्वारा केन्द्रीय राहत कोष स्थापना

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेका छन् ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को नाममा रहेको ग्लोवल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको हो ।

    हिजो बसेको कार्यालय (पदाधिकारी) बैठकको निर्णयअनुसार राहत कोष स्थापना गरेर माओवादी केन्द्रले माताहतका कमिटीहरुलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेका छन् ।

    सो केन्द्रीय राहत कोषमा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यहरुले दश/दश दिनको पारिश्रमिक जम्मा गर्ने छन् भने स्थानीय तहका जनप्रतिनिधिहरुलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्र गरेका छन् ।

    त्यस्तै पार्टीका प्रदेश समितिहरुले पनि राहत रकम सङ्कलन गरी केन्द्रीय राहत कोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जनाएको छ ।

    पदाधिकारी बैठकको निर्णयअनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको विपत व्यवस्थापन विभागले हेल्प डेस्क स्थापना गरेर दैनिक विपतको स्थिति अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ ।

    विपतको सामना गर्न पार्टी पक्ति, जबस र मोर्चाहरुलाई विपत क्षेत्रमा स्वयंसेवक खटाउन, खोज, उद्धार, राहत र पुनर्स्थापनामा जुट्न पनि माओवादी केन्द्रले माताहतका कमिटीलाई परिपत्र गरिसकेको जनाएका छन् ।


    प्रकाशित : सोमबार, आश्विन १४ २०८१११:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार