२०८३, कार्तिक १७ गते मंगलबार

नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय सङ्गठन समितिद्वारा रु दश लाख सहयोग

नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय सङ्गठन समितिद्वारा रु दश लाख सहयोग


  • मेरोभ्यूज
  • आश्विन १४, २०८१ सोमबार

  • नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय सङ्गठन समितिद्वारा रु दश लाख सहयोग

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय सङ्गठन समितिले बाढीपहिरोपीडितका लागि रु दश लाख सहयोग गरेका छन् ।

    नेकपा माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो समितिले सहयोग हस्तान्तरण गरेको हो । समितिका सचिव तिलक केसी र प्रवास कार्यालयका मुख्य सचिव टिबी पाठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रु दश लाखको चेक हस्तान्तरण गरेको थियो ।

    सहयोग ग्रहण गर्दै अध्यक्ष प्रचण्डले पश्चिम उपमहादेशीय सङ्गठन समितिलाई धन्यवाद दिए । उनले हिजो बसेको पदाधिकारी बैठकको निर्णयअनुसार आज केन्द्रीय राहत कोष स्थापना गरिएको उल्लेख गर्दै यसमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिलगायत इच्छुक सबैलाई सहयोगका लागि आह्वान गरिएको जानकारी दिए ।

    अध्यक्ष प्रचण्डले घटनालगत्तै सम्बन्धित क्षेत्रमा रहेका नेता कार्यकर्ता उद्धारमा परिचालित भएको जानकारी दिंदै सबै जवस र मोर्चाहरुलाई संस्थागतरुपमा नै उद्धार, राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन गर्न निर्देशन दिइएको बताए ।

    प्रसावमा रहेका पार्टी कमिटीहरुले पनि सहयोग पठाउने कार्य सुरु गरकोमा उनले खुशी व्यक्त गरे ।

    ताको दु:खपीडालाई सम्बोधन गर्नु नै राजनीतिको मुख्य अभिष्ट भएकाले सङ्कटको बेलामा जनताको सेवामा जुट्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह पनि गरे ।

    यसअघि हिजो माओवादी केन्द्रको एसिया सङ्गठन समितिले रु पाँच लाख सहयोग हस्तान्तरण गरेको थियो । त्यस्तै आज माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च युरोप कमिटीले रु दुई लाख लाख सहयोग नेपाल पठाएको जनाएको छ । मञ्चका अध्यक्ष चित्र सुवेदी र महासचिव धर्मराज खतिवडाले विज्ञप्तिमार्फत सहयोग पठाएको जानकारी गराउँदै राष्ट्रिय कमिटीहरू, पदाधिकारी, सल्लाहकारलगायतलाई स्वैच्छिकरूपमा आर्थिक सङ्कलनका लागि अपिल गरेका छन् ।


    प्रकाशित : सोमबार, आश्विन १४ २०८१११:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार