२०८३, कार्तिक ११ गते बुधबार

दशहरा मेलामा रावण बध

दशहरा मेलामा रावण बध


  • मेरोभ्यूज
  • आश्विन २९, २०८१ मंगलबार

  • दशहरा मेलामा रावण बध

    खजुरा, बाँके । नेपालगन्जको रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि सुरु भएको रामलिला महोत्सवको दसौँ दिन विशेष रावण बध गर्न लागिएको छ ।

    रामलिला नाटक प्रदर्शनीमा ५५ फिटको रावणको पुत्ला दहन गरिँदैछ । यस वर्ष आयोजना गरिएको १५७औँ रामलिला महामहोत्सवमा कुम्भकर्ण, मेघनाथ र रावण बध गरिने कार्यक्रम रहेको रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कानोडियाले बताए ।

    रामलिला सञ्चालक समितिद्वारा आयोजित महोत्सवको सुरु भएको छ । साँझ रावणको बधपछि राति १० बजेदेखि रातभरि रामलिला मञ्चन गरिनेछ । समितिका अध्यक्ष कानोडियाका अनुसार भारतको मधुरा बृन्द्रावनको राधारमण मण्डलबाट २५ कलाकारको समूहले विभिन्न सजावटका साथ रामलिला मञ्चन गर्ने छन् ।

    आइतबार भरत मिलाप तथा शुभराज्यभिषेक गरेर रामलिला सकिनेछ । रामलिला मैदानमा आजकै दिन लाग्ने दशहरा मेला हेर्न जिल्लाका विभिन्न ग्रामिण क्षेत्र तथा छिमेकी मुलुक भारतबाट सर्वसाधारणहरु आउने गर्दछन् ।

    दशहरा मेला लाग्ने स्थल वरपर विभिन्न स्टलसमेत राखिएका छन् । महोत्सव आसपासका सडकहरु झिलीमिली पारिएको छ भने शान्तिसुरक्षा सुदृढ बनाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

    वर्षौँदेखि आयोजना हुँदै आएको रामलिला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, पर्शुराम, बाणासुर लिला, सीता स्वयम्बर, राम वनबास, दशरथ मरण, सीताहरण, लङ्कादहन र लक्ष्मण शक्ति बाणलगायत लिला प्रदर्शन गरिसकिएको समितिका सदस्य भरतकिशोर वैश्यले बताए ।


    प्रकाशित : मंगलबार, आश्विन २९ २०८१११:३१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार