२०८३, कार्तिक १२ गते बिहीबार

विदेश जानेलाई अब १५०० डलरको मात्र सटही सुविधा

विदेश जानेलाई अब १५०० डलरको मात्र सटही सुविधा


  • मेरोभ्यूज
  • पौष १४, २०७८ बुधबार

  • विदेश जानेलाई अब १५०० डलरको मात्र सटही सुविधा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर सटहीमा थप कडाइ गरेको छ । विदेश जाने नेपालीहरुले पाउने २ हजार डलरसम्मको सटही सुविधालाई घटाएर अब प्रतिव्यक्ति १ हजार ५ सय डलरमा झारिएको राष्ट्र बैंकले जनाएकाे छ । विदेशी मुद्रा सञ्चिती घटेपछि केन्द्रीय बैंकले यस्ताे नियम बनाएकाे हाे ।

    विदेशबाट सामान आयात हुने क्रम बढेको र यसले विदेशी मुद्राको सञ्चिती ह्वात्तै घटाएको भन्दै गत असोजमा केन्द्रीय बैंकले डलर सटहीमा कडाइ गर्दै २ हजार डलरमा झारेको थियो । राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार अब  बाहेकका देशमा जानका लागि पासपोर्ट पेश गरेर १५ सय डलरसम्मको सटही सुविधा पाउनेछन् ।

    यो सुविधा पनि एक वर्षमा दुई पटकमा नबढ्ने गरीमात्रै उपलब्ध हुने निर्देशनमा उल्लेख छ । विदेश जान लागेको प्रमाण पेश गरेपछि मात्र डलर सटही गरिदिन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

    बैंकले सामान्य अवस्थामा तोकिएको सीमा भन्दा पनि बढी सटही सुविधा दिने गरेका छन् । अहिले विदेशी मुद्रा सञ्चिती निकै घटेकाले कडाइका साथ सटहीसम्बन्धी नियम कार्यान्वयन गर्न राष्ट्र बैंकले भनेको छ ।


    प्रकाशित : बुधबार, पौष १४ २०७८०९:३७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार